१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानको माछा मार्ने लतका कारण महिलाले तोडीन् दश वर्ष लामो वैवाहिक सम्बन्ध

४ पुष २०७९, सोमबार ०९:५९

पुस ४, काठमाडौँ | एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको माछा मार्ने बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित जुवे काउन्टी पिपल्स कोर्टमा पेश गरिएको सम्बन्धविच्छेदको निवेदनमा झाङ थर भएकी महिलाले आफू श्रीमानको फिसिङ गर्ने बानीले दिक्क भइसकेको बताइन् । 


उनले भनिन्, ‘मैले घरको सबै काम गर्नुपर्छ, दुई सन्तानको हेरविचार पनि मैले नै गर्ने हो । तर श्रीमान् भने सोफामा बसेर आनन्दले स्मार्टफोन चलाइरहन्छन् र बेलुकाको खाना खाएपछि सधैँ साथीहरुसँग फिसिङ जान्छन् । मैले उनलाई त्यसो नगर्न र आफ्नो समय बच्चाहरुलाई पनि दिन आग्रह गरेँ । तर उनले मानेनन् । त्यसैले सम्बन्धविच्छेदबाहेक मैले अर्को विकल्प देखिनँ ।’

‘ब्रेकफास्ट तयार गर्न म बिहान ६ बजेभन्दा अघि नै उठ्नुपर्छ । आफू अफिस जानुअघि दुईजना बच्चालाई स्कूल पठाउँछु । भाँडा माझ्ने, घर सफा गर्ने, बच्चालाई स्कूलबाट ल्याउने र उनीहरुलाई होमवर्क गराउनेदेखि सबै मैले मात्रै गर्छु…. म थाकिसकेँ,’ झाङले अदालतमा पेश गरेको निवेदनमा लेखेकी छिन् ।

‘तर श्रीमान् भने मैले ब्रेकफास्ट बनाइसकेपछि उठ्छन्, कामबाट फर्किएपछि उनी सोफामा सुतेर मोबाइल फोन चलाउँछन्,’ उनले थपिन्, ‘बेलुकाको खाना खाएपछि उनी सिधै फिसिङका लागि जान्छन्, धेरैजसो त रातभरी माछा मारेरै बस्छन् ।’

‘फिसिङ नराम्रो कुरा होइन तर जे कुराको पनि सीमा हुन्छ । विवाह भइसकेपछि श्रीमान् वा श्रीमती अथवा अभिभावकको रुपमा तपाईंले पनि केही जिम्मेवारी वहन गर्नुपर्छ… परिवारभन्दा अघि फिसिङलाई नराख्नुहोस्,’ न्यायाधिश फु होङ्लियनले सनलाई भनिन् । तर यी कुराले सनलाई केही असर परेको जस्तो देखिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह