२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानको माछा मार्ने लतका कारण महिलाले तोडीन् दश वर्ष लामो वैवाहिक सम्बन्ध

२०७९, ४ पुष सोमबार ०९:५९

पुस ४, काठमाडौँ | एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको माछा मार्ने बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित जुवे काउन्टी पिपल्स कोर्टमा पेश गरिएको सम्बन्धविच्छेदको निवेदनमा झाङ थर भएकी महिलाले आफू श्रीमानको फिसिङ गर्ने बानीले दिक्क भइसकेको बताइन् । 


उनले भनिन्, ‘मैले घरको सबै काम गर्नुपर्छ, दुई सन्तानको हेरविचार पनि मैले नै गर्ने हो । तर श्रीमान् भने सोफामा बसेर आनन्दले स्मार्टफोन चलाइरहन्छन् र बेलुकाको खाना खाएपछि सधैँ साथीहरुसँग फिसिङ जान्छन् । मैले उनलाई त्यसो नगर्न र आफ्नो समय बच्चाहरुलाई पनि दिन आग्रह गरेँ । तर उनले मानेनन् । त्यसैले सम्बन्धविच्छेदबाहेक मैले अर्को विकल्प देखिनँ ।’

‘ब्रेकफास्ट तयार गर्न म बिहान ६ बजेभन्दा अघि नै उठ्नुपर्छ । आफू अफिस जानुअघि दुईजना बच्चालाई स्कूल पठाउँछु । भाँडा माझ्ने, घर सफा गर्ने, बच्चालाई स्कूलबाट ल्याउने र उनीहरुलाई होमवर्क गराउनेदेखि सबै मैले मात्रै गर्छु…. म थाकिसकेँ,’ झाङले अदालतमा पेश गरेको निवेदनमा लेखेकी छिन् ।

‘तर श्रीमान् भने मैले ब्रेकफास्ट बनाइसकेपछि उठ्छन्, कामबाट फर्किएपछि उनी सोफामा सुतेर मोबाइल फोन चलाउँछन्,’ उनले थपिन्, ‘बेलुकाको खाना खाएपछि उनी सिधै फिसिङका लागि जान्छन्, धेरैजसो त रातभरी माछा मारेरै बस्छन् ।’

‘फिसिङ नराम्रो कुरा होइन तर जे कुराको पनि सीमा हुन्छ । विवाह भइसकेपछि श्रीमान् वा श्रीमती अथवा अभिभावकको रुपमा तपाईंले पनि केही जिम्मेवारी वहन गर्नुपर्छ… परिवारभन्दा अघि फिसिङलाई नराख्नुहोस्,’ न्यायाधिश फु होङ्लियनले सनलाई भनिन् । तर यी कुराले सनलाई केही असर परेको जस्तो देखिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते