१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पनि बढे कोरोना संक्रमित

१२ पुष २०७९, मंगलवार ११:२०

पुस १२, काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् । 

योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभर नयाँ भेरियन्टको भाइरसले तीव्र गतिमा संक्रमण फैलिरहँदा नेपालमा पनि यो भेरियन्ट छिर्न सक्ने देखिएको छ । 

चीनमा एकैदिन दशलाख भन्दा बढी संक्रमित पाइएका छन् । भारतमा पनि संक्रमण दर बढ्दो छ । जसका कारण नेपालमा पनि यो भेरियन्ट फैलिएमा फेरि कोरोना नियन्त्रणभन्दा बाहिर जाने अनुमान गरिएको छ ।

यद्यपि सरकारले यसमा कुनै चासो देखाएको पाइएको छैन । पछिल्लो समय खोप लगाउनेको संख्यामा भने वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थप १४ हजार ४०७ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह