२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

हलिउड फिल्म निर्माताको घरमा भेटियो नेपालबाट चोरिएको बुद्धको प्रतिमा

२४ पुष २०७९, आईतवार ०८:४४

पुस २४, काठमाडौँ | नेपालबाट आधा शताब्धीअघि चोरिएको पुरातात्विक बुद्ध प्रतिमा हलिउड फिल्म निर्माता माइक फिलिप्सको अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको घरमा भेटिएको छ ।

हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ले छैटौं शताब्दीको सिर्जना मानिने उभिएको बुद्धको मूर्ति फिलिप्सको घरमा भेटिएको सार्वजनिक गरेको छ । उक्त मूर्ति २०२५ सालतिर ललितपुर मच्छिन्द्रबहालबाट चोरिएपछि स्थानीयवासीले प्रशासनमा जानकारी गराएको समेत जनाइएको छ ।


आर्ट्स अफ एसिया म्यागजिनले पनि हराएको भनिएको बुद्धको मूर्ति फिल्म निर्माता फिलिप्सको घरमा भेटिएको जनाएको छ । हराएको मूर्ति फिलिप्सको घरमा भेटिएको फोटो पहिलो पटक स्टीफन लिटिलद्वारा प्रकाशित ‘आर्ट अफ एसिया’ पत्रिकामा, ‘इमेजेज अफ बुद्ध फ्रम माइकल फिलिप्स संग्रह’ शीर्षकको लेखमा सन् २०१३ को जनवरी-फेब्रुअरी संस्करणमा छापिएको देखिन्छ । साथै उक्त तस्वीर अलरिच भोन स्क्रोडरद्वारा प्रकाशित तस्वीर संग्रह चोरिएका नेपाली मूर्तिमा पनि प्रकाशित छ ।

अहिले अमेरिकाको न्युयोर्कमा बस्ने ७९ वर्षीय फिलिप्स सन् १९७३ मा रिलिज भएको हलिउड फिल्म ‘द स्टिङ’का निर्माता समेत हुन् । ४६ औं ओस्कार अवार्डमा १० विधामा मनोनयन भएको यो फिल्मले उत्कृष्ट फिल्मसहित सात विधामा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो