११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जितेपछि पहिलो पटक चितवन आउँदै गृहमन्त्री रवि

२८ पुष २०७९, बिहीबार ०५:३६

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा आउने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न आउँदैछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।


त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले आज साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए । चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।

त्यसैगरी, चितवन महोत्सव अन्तर्गत आज सेपाकताक्रो खेलको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उल्लेख गर्दै ओलीले प्रतिस्पर्धाको फाइनलमा चितवन र नवलपुरका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी प्रतियोगिता आयोजना हुँदैछ । सो प्रतियोगितामा अतिथि कलाकारको रूपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी हुने ओलीले बताए ।

त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुति रहेको ओलीको भनाइ छ ।

आज बिहीबार नै हाँस्य प्रहसनका लागि दिउँसो ३ बजे कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) को प्रस्तुति रहने ओलीको भनाइ छ ।

त्यस्तै, पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल र्‍याली हुने उनले बताए । माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धी गोष्ठी हुने ओलीको भनाइ छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यस पटक मौरी र तोरी खेतीको प्रवर्द्धन गर्ने गरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।

चितवनमा तोरी खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्ने गरी तोरीको जानकारी सहित चितवन महोत्सव प्रवेशद्वारसँगै तोरी बारी निर्माण गरेर त्यहाँ मौरीको मस्कट राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह