२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जितेपछि पहिलो पटक चितवन आउँदै गृहमन्त्री रवि

२०७९, २८ पुष बिहीबार ०५:३६

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा आउने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न आउँदैछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।


त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले आज साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए । चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।

त्यसैगरी, चितवन महोत्सव अन्तर्गत आज सेपाकताक्रो खेलको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उल्लेख गर्दै ओलीले प्रतिस्पर्धाको फाइनलमा चितवन र नवलपुरका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी प्रतियोगिता आयोजना हुँदैछ । सो प्रतियोगितामा अतिथि कलाकारको रूपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी हुने ओलीले बताए ।

त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुति रहेको ओलीको भनाइ छ ।

आज बिहीबार नै हाँस्य प्रहसनका लागि दिउँसो ३ बजे कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) को प्रस्तुति रहने ओलीको भनाइ छ ।

त्यस्तै, पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल र्‍याली हुने उनले बताए । माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धी गोष्ठी हुने ओलीको भनाइ छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यस पटक मौरी र तोरी खेतीको प्रवर्द्धन गर्ने गरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।

चितवनमा तोरी खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्ने गरी तोरीको जानकारी सहित चितवन महोत्सव प्रवेशद्वारसँगै तोरी बारी निर्माण गरेर त्यहाँ मौरीको मस्कट राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी