२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषालु कफ सिरप: ८९ बच्चाको मृत्यु, नेपालमा पनि प्रयोग हुन्छ

२०७९, २९ पुष शुक्रबार ०८:२०

पुस २९, काठमाडौँ । एजेन्सी । यदि तपाइले चिकित्सकको सल्लाहबिना कफ सिरप किन्दै हुनुहुन्छ भने यो ज्यानै लिने जोखिमयुक्त औषधि हो । यसको प्रयोग नेपालमा पनि हुने गरेको कारण सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

धेरै मुनाफा कमाउने उदेश्यले कफ सिरपमा एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोल नामका लिक्विड केमिकल्स मिसावट गरिएको छ । भारतीय कफ सिरप पीएकै कारण पछिल्लो केहि महिनामा गामिविया र उज्बेकिस्तानका ८९ बच्चाको ज्यान गएको छ । भारतमा समेत यो औषधिको प्रयोगले  अलग-अलग स्थानमा ७३ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन 'WHO' ले भारतीय औषधि कफ सिरप प्रयोगलाई लिएर चेतावनी दिएको अवस्था छ । WHO ले आफ्नो अनुसन्धानमा दुवै कफ सिरप AMBRONOL र Doc-1 Max लाई असुरक्षित ठहर गरेको छ । जसको प्रयोगले बच्चामा गम्भीर समस्या वा मृत्यको जोखिम रहेको बताएको छ । उज्बेकिस्तानस्थित हेल्थ मिनिस्ट्रीले १९ जना बच्चाको मृत्युलाई लिएर गत २९ डिसेम्बर २०२२ मा प्रेस बक्तव्य जारी गरेको थियो । जसमा बच्चाको मृत्युलाई लिएर दुई कारण बताइएको थियो । 

पहिलो कारण – बच्चालाई बढी औषधिको मात्रा दिईयो ।

दोश्रो कारण- कफ सिरपमा बिषालु एथिलीन ग्लाइकोल छ ।

उक्त प्रेस बक्तव्यमा सबै बच्चालाई डाक्टरको सल्लाह बमोजिम औषधि दिएको कारण बच्चाहरुको ज्यान गएको बताइएको थियो । तर बच्चाका अभिभावकहरुले फार्मेसी विक्रेताहरुको सलाहमा Doc-1 Max सिरपको प्रयोग गलत तरिकाले एंटी कोल्डको रुपमा प्रयोग गरे । यसै कारण कफ सिरप प्रयोग गर्ने बच्चाहरुको अवस्था गम्भीर भयो र १९ जनाको मृत्यु भयो । 

अनुसन्धानकर्ताहरुको अनुसार Doc-1 Max सिरपमा एथिलीन ग्लाइकोल मिसाइएको हुन्छ । एथिलीन ग्लाइकोल विषालु पदार्थ हो । एक किलोग्राममा १ वा २ मिलिलिटर मात्र एथिलीन ग्लाइकोल मिसाउँदा पनि यसले मानिसको मृत्यु गराउँछ । जसको सेवनले बिरामीलाई उल्टी हुने, बेहोश बन्ने, ऐठन हुने, मुटु सम्बन्धि समस्या र मृगौला फेलसम्मको खतरा हुन्छ । 

गत अक्टोबरमा WHO ले खोकीको औषधिमा चार नमुना एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोलको उपस्थिति बिषालु पदार्थको रूपमा चित्रित गरेको थियो । एथिलीन ग्लाइकोल एक रंगहीन र गंधहीन अल्कोहलिक कम्पाउन्ड हो, जसको सेवनले ज्यान जान सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते