२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषालु कफ सिरप: ८९ बच्चाको मृत्यु, नेपालमा पनि प्रयोग हुन्छ

२९ पुष २०७९, शुक्रबार ०८:२०

पुस २९, काठमाडौँ । एजेन्सी । यदि तपाइले चिकित्सकको सल्लाहबिना कफ सिरप किन्दै हुनुहुन्छ भने यो ज्यानै लिने जोखिमयुक्त औषधि हो । यसको प्रयोग नेपालमा पनि हुने गरेको कारण सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

धेरै मुनाफा कमाउने उदेश्यले कफ सिरपमा एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोल नामका लिक्विड केमिकल्स मिसावट गरिएको छ । भारतीय कफ सिरप पीएकै कारण पछिल्लो केहि महिनामा गामिविया र उज्बेकिस्तानका ८९ बच्चाको ज्यान गएको छ । भारतमा समेत यो औषधिको प्रयोगले  अलग-अलग स्थानमा ७३ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन 'WHO' ले भारतीय औषधि कफ सिरप प्रयोगलाई लिएर चेतावनी दिएको अवस्था छ । WHO ले आफ्नो अनुसन्धानमा दुवै कफ सिरप AMBRONOL र Doc-1 Max लाई असुरक्षित ठहर गरेको छ । जसको प्रयोगले बच्चामा गम्भीर समस्या वा मृत्यको जोखिम रहेको बताएको छ । उज्बेकिस्तानस्थित हेल्थ मिनिस्ट्रीले १९ जना बच्चाको मृत्युलाई लिएर गत २९ डिसेम्बर २०२२ मा प्रेस बक्तव्य जारी गरेको थियो । जसमा बच्चाको मृत्युलाई लिएर दुई कारण बताइएको थियो । 

पहिलो कारण – बच्चालाई बढी औषधिको मात्रा दिईयो ।

दोश्रो कारण- कफ सिरपमा बिषालु एथिलीन ग्लाइकोल छ ।

उक्त प्रेस बक्तव्यमा सबै बच्चालाई डाक्टरको सल्लाह बमोजिम औषधि दिएको कारण बच्चाहरुको ज्यान गएको बताइएको थियो । तर बच्चाका अभिभावकहरुले फार्मेसी विक्रेताहरुको सलाहमा Doc-1 Max सिरपको प्रयोग गलत तरिकाले एंटी कोल्डको रुपमा प्रयोग गरे । यसै कारण कफ सिरप प्रयोग गर्ने बच्चाहरुको अवस्था गम्भीर भयो र १९ जनाको मृत्यु भयो । 

अनुसन्धानकर्ताहरुको अनुसार Doc-1 Max सिरपमा एथिलीन ग्लाइकोल मिसाइएको हुन्छ । एथिलीन ग्लाइकोल विषालु पदार्थ हो । एक किलोग्राममा १ वा २ मिलिलिटर मात्र एथिलीन ग्लाइकोल मिसाउँदा पनि यसले मानिसको मृत्यु गराउँछ । जसको सेवनले बिरामीलाई उल्टी हुने, बेहोश बन्ने, ऐठन हुने, मुटु सम्बन्धि समस्या र मृगौला फेलसम्मको खतरा हुन्छ । 

गत अक्टोबरमा WHO ले खोकीको औषधिमा चार नमुना एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोलको उपस्थिति बिषालु पदार्थको रूपमा चित्रित गरेको थियो । एथिलीन ग्लाइकोल एक रंगहीन र गंधहीन अल्कोहलिक कम्पाउन्ड हो, जसको सेवनले ज्यान जान सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो