२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मन्दिरमा बलि दिन भन्दै सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी काटेर हत्या !

२ माघ २०७९, सोमबार ०६:४५

माघ २, सल्यान | देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । तर मानव बली! अहिले मानव बली सुन्दा पनि भयानक लाग्छ। यो त केही सय वर्षपहिले हुन्थ्यो। 

तर सल्यानमा यस्तै भयानक घटना भएको छ। यहाँ एक जना मामाले आफ्नै सहोदर भान्जाको बली दिएका छन्। मन्दिरभित्र भान्जाको घाँटी काटेर टाउको छिनाई रगत चढाएको पाइएको छ।


खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् । 

घटना भएलगत्तै पुरीका अन्दाजी सात वर्षीय छोराले थाहा पाएको र उनले नै स्थानीयलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए। 

‘भान्जालाई काटिसकेपछि मन्दिरभित्रै शव गाड्दै गर्दा उसकै छोराले देखेछन्। छोराले गाउँलेलाई खबर गरेपछि नियन्त्रणमा लिएर हामीलाई खबर गरिएको हो’ श्रेष्ठले भने । 

घटनालगत्तै स्थानीयले पुरीलाई बाँधेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो। 

प्रारम्भिक बयानमा पुरीले आफूलाई देउता लागेको र देउताको मनोकामना पूरा गर्न बली दिएको बताएका छन्। करिब दुई वर्षदेखि आफ्नो शरीरमा देउता चढेको भन्दै उनी काम्दै आएका थिए। गाउँलेले भने मानसिक सन्तुलन ठीक नभएको बताएको श्रेष्ठले जानकारी दिए। 

शरीरमा देउता काम्न थालेको भन्न थालेदेखि पुरी आफ्नो सानो छोराको साथमा परिवारदेखि अलग भएर बस्दै आएका थिए। आइतबार राति मात्र उनलाई जिल्लामा पुर्‍याइएकाले अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो