२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

७ माघ २०७९, शनिबार १२:०३

माघ ७, काठमाडौँ | महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा दुई सय महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले महिला समुदायमा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस किसिमको स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने बताउनुभयो । 

“चेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्नसके यसले ठूलो धनजनको क्षति रोक्ने भएकाले यस किसिमको अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ, महागुणी, फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम  विस्तार गर्न नगरपालिकाले पहलकदमी गर्नेछ”, कार्कीले भन्नुभयो ।

नगरपालिकाले पनि स्वास्थ्य प्रणालीलाई सुधार गर्दै भएका स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर यस्ता अभियानलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।

फाउन्डेसनका परामर्श चिकित्सक डा सरिता घिमिरेले महिलामा जटिल बनिरहेको पाठेघर र स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।” 

महिलाको स्वावलम्बन, शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिमा बढी जोड दिन संस्थाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गरिएको महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले बताउनुभयो । महागुठीले पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना गरेको हो । “आवश्यकताअनुसार आगामी दिनमा यस्ता शिविर सञ्चालन गछौँ”, महागुठीका कार्यकारी निर्देशक प्रेमप्रसाद लामिछानेले भन्नुभयो । फाउन्डेसनले सुलभ शुल्कमा उपचारको व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

महिलालाई सीपमूलक तालिम

नेपालको पहिलो सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गर्नुभएको संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट गरिब, असहाय, एकल, बेसहारा दीनदुःखी महिलालाई स्वास्थ्य शिक्षा तथा रोजगारका लागि विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ ।

संस्थाले स्थापनाकालदेखि हजारौँ महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाई ५० भन्दा बढी जिल्लामा सेवा दिइरहेको छ । अहिले पनि विभिन्न जिल्लाका करिब ६० महिलाले सीपमूलक तालिम लिइरहेका छन् । संस्थाले आवासीय रुपमा सिलाइबुनाइ, खेलौना र ब्युटीपार्लरको चारमहिने आधारभूत तालिम दिइरहेको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो