२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

२०७९, ७ माघ शनिबार १२:०३

माघ ७, काठमाडौँ | महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा दुई सय महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले महिला समुदायमा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस किसिमको स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने बताउनुभयो । 

“चेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्नसके यसले ठूलो धनजनको क्षति रोक्ने भएकाले यस किसिमको अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ, महागुणी, फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम  विस्तार गर्न नगरपालिकाले पहलकदमी गर्नेछ”, कार्कीले भन्नुभयो ।

नगरपालिकाले पनि स्वास्थ्य प्रणालीलाई सुधार गर्दै भएका स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर यस्ता अभियानलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।

फाउन्डेसनका परामर्श चिकित्सक डा सरिता घिमिरेले महिलामा जटिल बनिरहेको पाठेघर र स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।” 

महिलाको स्वावलम्बन, शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिमा बढी जोड दिन संस्थाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गरिएको महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले बताउनुभयो । महागुठीले पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना गरेको हो । “आवश्यकताअनुसार आगामी दिनमा यस्ता शिविर सञ्चालन गछौँ”, महागुठीका कार्यकारी निर्देशक प्रेमप्रसाद लामिछानेले भन्नुभयो । फाउन्डेसनले सुलभ शुल्कमा उपचारको व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

महिलालाई सीपमूलक तालिम

नेपालको पहिलो सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गर्नुभएको संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट गरिब, असहाय, एकल, बेसहारा दीनदुःखी महिलालाई स्वास्थ्य शिक्षा तथा रोजगारका लागि विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ ।

संस्थाले स्थापनाकालदेखि हजारौँ महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाई ५० भन्दा बढी जिल्लामा सेवा दिइरहेको छ । अहिले पनि विभिन्न जिल्लाका करिब ६० महिलाले सीपमूलक तालिम लिइरहेका छन् । संस्थाले आवासीय रुपमा सिलाइबुनाइ, खेलौना र ब्युटीपार्लरको चारमहिने आधारभूत तालिम दिइरहेको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते