२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

स्वास्थ्य चौकीमै छैन सिटामोल

९ माघ २०७९, सोमबार ०९:२४

माघ ९, जाजरकोट | जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो ।

बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ ।


दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताउनुभयो । “औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,” उहाँले भन्नुभयो ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपाली, दमले  सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।”

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गर्नुहुन्छ । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बन्नुभएका खड्काले भन्नुभयो, “उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन् ।” चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रलाई पाँच वर्षपहिला राष्ट्रिय बीमा संस्थानले रु १६ लाखको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताउनुभयो  । 

“विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,” उहाँले भन्नुभयो । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने