२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरू

२६ माघ २०७९, बिहीबार १०:३६

माघ २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आवश्यक कागजात संकलन सुरू गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि न्यौपानेले  लामिछानेको पासपोर्टका विषयमा अनुसन्धान अघि बढाइएको बताए ।

न्यौपानेले भने,‘जिल्ला प्रशासन कार्यालय,राहदानी विभाग र अध्यागमन विभागलाई रविले लिएको पासपोर्टका विषयमा सोधेका छौं । विस्तृत विवरण मगाएका छौं । ती निकायबाट संकलन गरिएका प्रमाण पुष्टि भएपछि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर,काठमाडौंमा पठाउने योजना छ ।’

युवराज पौडेल ‘सफल’ले प्रहरीले लामिछानेको पासपोर्टमा अनुसन्धान अघि नबढाएको भन्दै मंगलबार सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए । आफू अमेरिकी नागरिक छँदा लामिछानेले दोहोरो राहदानी लिएको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ। त्यसको टुंगो लागेको छैन।  पौडेलले प्रमाणसहित जाहेरी दिँदा पनि प्रहरी परिसर टेकु काठमाडौंले दर्ता गर्न नमानेको निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि लामिछानेको उपप्रधान,गृहमन्त्री र सांसद पद गुमेको छ। अदालतकै आदेशमा उनले पुन:नागरिकता प्राप्‍त गरिसकेका छन्। 

पुन:नागरिकता पाएपछि उनले गृहमन्त्रालयमा दावी गरेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृह आफूसँगै राख्ने बताएपछि लामिछाने सरकारबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो