२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वैवाहिक बलात्कारको अभियोगमा श्रीमानलाई एक महिना कैद

२ फाल्गुन २०७९, मंगलवार ११:४७

फागुन २, सप्तरी | बिरामी श्रीमतीलाई बलात्कार गर्ने एक युवकलाई कैद सजाय भएको छ। सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा डेरा गरी बस्ने २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको अभियोगमा एक महिना कैद सजाय भएको अदालतले जनाएको छ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलाशले कैद सजायका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्न लगाउने फैसला समेत सुनाएको छ।अदालतले दुवैको नाम गोप्य राखेको छ। उनीहरुले प्रेम विवाह गरेको बताइएको छ। मादक पदार्थ सेवन गरी नसाको सुरमा आएका श्रीमानले मुख थुनेर बलात्कार गरेको पीडितले बताएकी छिन्।

बिरामी रहेको बताउँदै श्रीमानलाई रोक्दा नमानी गालीगलौज गरी गत साउन १९ गते बलात्कार भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिएकी थिइन्। प्रहरीले स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरेको थियो। जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले भदौ १६ गते ३० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए।

वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा रिट हालेकी थिइन्। जसमा सर्वोच्च अदालतले सरकारका नाममा २०५९ वैशाख १९ गते  परमादेश दिएको थियो। परमादेशको चार वर्षपछि कानून बन्यो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो