६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काग र कुकुर तिहार: थाहा पाउनुहोस् तपाईँको राशिफल

१७ कार्तिक २०७८, बुधबार ०३:४९

आजको पन्चाङ्ग: १७ कात्तिक। कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले बर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।

गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेको छ । कुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधको अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।

यसपटक काग र कुकुरको पूजा एकैदि न परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो ।

बिहीबार  लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।

आज बिहान सूर्योदय ६:१७ मा र सूर्यास्त १७:१७ मा हुनेछ । यमपञ्चक भएकाले दिन विशेष र शुभ मानिन्छ । 

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकका लागि मनमा  प्रसन्नता छाउने छ । परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन् । व्यापारबाट आय र मनले सोच अनुसारको काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नु बेस हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन् । मनमा अशान्त र आर्थिक भार र निराशासनक सोचका कारण तपाईँको आजको दिनमा चिन्ता हुने भएकाले बृष राशिका जातकले कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा बढी चासो नराख्नु बेस हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारको लागि पहल गर्नुहोला । आजको दिन एकाग्रता राख्नु  र कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । तपाईँलाई दोष दिइनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि आजको दिन सुख आनन्द प्राप्त हुनेछ । आभुषण खरिद, नयाँ बस्त्र खरिद गर्दा समेत शुभ हुनेछ । व्यवसायमा लगानी गर्दासमेत उचित प्रतिफल प्राप्त हुनेछ । छोटो दूरीको यात्रा र आफन्तजनको आकस्मिक साथ सहयोग मिल्नेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

खर्च, र अनावश्यक दुःख कष्ट भोग्नु पर्ने छ । मनमा चिन्ता र भयको डर हुनेछ । आफन्तजन र परिवारमा कलहको वातावरण हुनेछ । कलहको औषधि भनेको मौन हो । त्यसैले सिंह राशिका व्यक्तिले आजको दिन मौन रहनु नै भलो हुनेछ । अध्ययनको काममा लाग्दा तपाईले सोच अनुसारको प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि उत्तम छ । कन्या राशिको जातकका लागि आजको दिन निकै शुभ छ । किनकी चन्द्रमाको साथ छ । आज चन्द्रमा कन्या राशिमा परिक्रमा गरिरहेको हुनाले पनि आजको दिन तपाईँले जे काम गर्दा पनि सफलता प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा र आर्थिक भार पर्ने काम नगर्नुहोला । समय अनुकुल नभएको हुनाले आजको दिन खर्च हुने काम कम गर्ने र आफनो नियमित काम मात्र गर्दा बेस हुनेछ । भोलि तुला राशिमा चन्द्रमा प्रवेश हुने भएकाले आज एक दिनको धैयताले तपाईलाई निकै राम्रो हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

स्त्रीजनको सल्लाहअनुसार काम गर्दा आजको दिन वृश्चिक राशिका जातका लागि भलो हुनेछ । व्यापार ब्यबसायमा मनग्ये लाभ हुनेछ । सन्तान र आफन्तजनले साथ सहयोग दिनेछन् । मित्रमण्डलीसँग कुनै विषयमा विवाद नगर्नुहोला । सद्भावपूर्ण व्यबहारबाट काम गर्दा आजको दिनमा सफलता हात लाग्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशिको जातकले घरबाट बाहिर निस्कदा विचार पुर्‍याउनु होला । यात्रा गर्दा बाधाकष्ट हुनसक्छ । परिवारमा कलह हुनसक्ने छ । आफूले सम्मान गर्ने उच्च व्यक्तित्वसँग भेटवार्ता र आशिर्वाद प्राप्त गर्दा दिन सफल हुनेछन् । आफूले मान्नुपर्ने उच्चतहका व्यक्तिको निर्देशनअनुसार काम गर्दा दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मानसिक चिन्ता, व्यापारव्यवसायबाट सोचअनुसारको काम नहुँदा मनमा चिन्ता र भय हुनसक्छ । तर आजको दिने मेरो लागि सामान्य हो भनेर बुझेर काम गर्दा मकर राशिका जातकहरुले आजको दिन मठ मन्दिरको दर्शन  र केही बटुक र भोका व्यक्तिलाई दान गर्दा नसोचेको फलप्राप्ति हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति बाधा उत्पन्न हुनेछ । यात्राबाट हानी र आफन्त र मित्रमण्डलीहरुले अनावश्यक दोष र साथ सहयोग पनि नहुनसक्छ । साँझको समयमा दीप प्रज्‍ज्वलन र कुनै मन्दिरमा बिहानै गएर दीप प्रज्ज्वलन गर्दा कष्ट कम हुनसक्छन् ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापारव्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुखप्राप्ति, स्वास्थ्यमा अनुकूलता र आकस्मिक लाभ हुने सम्भावना पनि छ । आजको दिन मौन र बिहान सूर्योदयको दर्शन गर्दा तपाईँमा उर्जा र उत्साह प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्यमा तपाईँले गर्नुभएको कार्यमा पनि सफलता प्राप्त हुनेछ । आज एउटा नयाँ पुस्तक खरिद र पढ्न शुरुवात गर्दा बृहस्पति बलियो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक