यस्तो छ - तपाइको आजको राशिफल

Posted on: 04 Nov, 2021

कात्तिक १८ | कात्तिक कृष्णपक्ष अमावस्या अर्थात् औशी, लक्ष्मीपूजा, दीपमालिका आजको दिनलाई सुखरात्री भनिन्छ । आज तिहारको तेस्रो दिन, भगवती लक्ष्मी आद्यमातृशक्ति हुन । त्यसैले आजसाँझ लक्ष्मीपूजा गर्दा आठवटा लक्ष्मीको स्मरण गरेर पूजा गर्ने गरिन्छ । आद्यलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीरालक्ष्मी, विजया वा जाया लक्ष्मी, विद्यालक्ष्मी यि आठवटै लक्ष्मीको पूजा गर्ने दिने हो आज । 

कार्यालय अर्थात कर्मस्थानमा दिउँसोदेखि पूजा गरे पनि आफू बस्ने घरमा साँझको समयमा पूजा गर्नुपर्छ । लक्ष्मीपूजा विहीबारको दिन भएकाले विद्यालक्ष्मीको पूजा आराधनामा विशेष महत्व रहेको छ । विहान सूर्योदय ६ः१७ मा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ । 

लक्ष्मीपूजामा विशेष गरी दियो, कलश र गणेश स्थापना गरेर श्रद्रापूर्वक पूजा गर्दा हुन्छ । कुनै विशेष गर्नुपर्ने भन्ने छैन । तर, कसैले विशेष प्रकारले उत्सव गर्दा पनि लक्ष्मी खुसी हुन्छन भन्ने होइन । पूजा गर्दा श्रद्रा, भक्ति सबैभन्दा महत्वपूर्ण कुरा हो । चन्द्रमा तुला राशिमा रहेको छ । चित्रा नक्षत्र आजको दिन विशेष दिन हो । आज लक्ष्मीको आरधना गर्ने दिन विशेष दिन हो । त्यसैले आज विहादेखि गरेका सबै कामहरु सफल हुन्छन भनेर काम गर्दा हुन्छ । आज तिहारको सबैभन्दा उत्सवको दिन हो ।  

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ । आजको दिन श्रद्रा, भक्तिपूर्वक लक्ष्मीको आरधना गर्नुहोला । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ। यदी यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेककुराका सकारात्मक सोच राख्नु भएमा खुसी हुनेछ ।    

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानि हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि ब्यबधान आउनसक्छ । नयाँबस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 

मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला ।  

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमा तुला राशिमा भएकाले आजको दिन तपाईले गरेको कामले सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा हर्ष छाउने छ । तपाईले गरेको कामको सम्मान गरेका कारण मनमा अलि बढी खुसियाली हँुँदा पनि हानी हुनसक्छ । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुहोला ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला । मनमा अशान्त छाउने छ । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । मनमा चिन्ता नलिनु नैं वेश हुनेछ । जे हुनेछ राम्रो हुनेछ भन्ने सकारात्मक सोच राख्नुहोला । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!