१८ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सूर्यनारायणको दर्शन गर्दा भलो, थाहा पाउनुहोस् तपाईँको राशिफल

८ मंसिर २०७८, बुधबार ०२:०४

मङ्सिर ८, काठमाडौं | आजको पात्रो : ८ मंसिर, बुधबार । तद्अनुसार १४ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष पञ्चमी तिथि, पुनर्वसु नक्षत्र,चन्द्रमा मिथुन राशिमा छ ।

आज बिहान ६: ३३ मा सूर्योदय हुनेछ भने १७:०७ बजे सूर्यास्त हुनेछ । देवता लक्ष्मी, ग्रहदेव सूर्य नारायण भएकाले आजको दिन बिहान सूर्यनारायणको दर्शन गर्दा भलो हुनेछ ।  भनिन्छ, बुधबारको दिन घर गृहस्थका काम गर्दा शुभ हुनेछ । सोमखेती बुध घर भन्ने त प्रचलन नै छ । बुधबारको दिन आर्थिक कारोकारका काम गर्दा पनि राम्रो मानिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईँले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मन प्रवल हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राका लागि अवसर आउनसक्छ । यदी धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईँको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन  गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईँका लागि  यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । चन्द्रमाको साथ रहेकोले सोचअनुसार काम हुनेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशी फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईँले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईँलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईँको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्राे हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारव्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप आउँछन् भने तपाईँलाई हानी हुनसक्ने  सम्भावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईँको कार्यप्रशसा गर्नेछन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा सोचअनुसार काम हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईँलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईँलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईँलाई फाइदा पुग्नेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)  :  स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईँलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत एमालेको जग्गा दान मुद्दा: सर्वोच्चले आज पनि हेर्न भ्याएन गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही बीबीसीको १ सय प्रभावशाली महिलाहरुमा नेपालकी आचार्य काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ एनपीएल: चितवन राइनोजको दोस्रो जित, पोखरा एभेन्जर्स ७४ रनमा अलआउट चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको हरिबिजोग, आठौँ विकेट पतन दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति एमालेलाई ३४ मतले हराउँदै उदयपुरको बेलका-९ मा माओवादीका भरत विजयी चितवन राइनोजबिरुद्ध दबाबमा पोखरा एभेन्जर्स, चौथो ओभरमा ६ विकेट गुम्यो एनपीएल: पोखरा एभेन्जर्सको खराब सुरुवात, पहिलो ओभरमै तीन विकेट गुमायो चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता चितवनको चौथो विकेट गुम्यो, कप्तान मल्ल ३८ रनमा आउट सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको लागि बाधक: मन्त्री गुरुङ हारपछि विराटनगर कप्तान सन्दीपले भनेः ‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन’