२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस आजको राशीफल

५ चैत्र २०७८, शनिबार ०४:११

आजको पात्रोः ५ चैत २०७८ शनिबार । तद्नुसार मार्च महिनाको १९ तारिक २०२२ । चैतकृष्णपक्ष प्रतिपदा तिथि, वसन्तादि ऋतुको शुरुवात भएको दिन । हस्त नक्षत्र, बृद्धि योग, कौलब करण, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः११ मिनेटमा र सूर्यास्त १८ः१४ मा हुनेछ । आज विहान ९ः११ देखि १०ः४२ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य नगर्नुहोला । शनिबारको दिन विहान देवालय र नजिकको शिवालयको यात्रा र पिपलको बृक्षमा जल अभिषेक निकै फलदायी हुन्छ । शनिबारको दिन शनिग्रहको उपाय गर्दा मनमा शान्ति र हर्ष छाउने छ । आज शरीरमा तेल लगाएर स्नान गर्दा शरीरमा स्फूति हुने मान्यता छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुने हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनसक्छ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका श्रेष्ठ सदस्यबाट आशीर्वाद मागेर हिडनु होला ।

बृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ । आजको दिन केवल सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्नेछ ।  गृहस्थल नजिक पर्ने देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक हुनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शनिवारको दिन शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनुक्छ । आज तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य शुरुवात गर्नुहोला । सूर्य देवताको मन्त्र सुन्ने र पढ्दा फाइदा हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ। 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

शनिवारको दिन देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ । ध्यान साधनामा समय खर्च गर्नु फलदायी हुनेछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान