२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल

२०७८, १८ चैत्र शुक्रबार ०२:२८

चैत १८, काठमाडौँ । 

१८  चैत शुक्रबार २०७८ । तद्नुसार मार्च अप्रिल महिनाको १ तारिक । चैतकृष्णपक्ष अमावस्था तिथि(औँशी) भनिन्छ । उत्तरभाद्रपदा नक्षत्र, ब्रम्ह योग, चन्द्रमा मीन राशिमा छ । आज बिहान सूर्योदय ५ः५७ मिनेटमा भएकाे छ भने साँझ ६ः२१ मा सूर्यास्त हुनेछ ।

शुक्रबार मनोञ्जनात्मक काममा समय खर्च हुनसक्छ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । आज बिहान १०ः३५ देखि १२ः०८ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको बेला शुभ कार्य नगर्नुहोला ।

शुक्रबार सिर्जनात्मक र मनोरञ्जनात्मक काममा समय खर्च हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको देवालय यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट वृष राशिमा जातका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । कसैमाथि अनावश्यक आरोप नलगाउनु होला । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ । मौन रहनु तपाईंका लागि आज निकै फलदायी रहेको छ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको शुभ छ ।  त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला ।  परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले तपाईंलाई फाइदा हुनेछ। कसैसँग पनि अपमान हुने काम नगर्नुहोला । आज तपाईको सोचअनुसार काम हुनेछ ।    

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसोपन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन कन्यालाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आजको दिन तपाईको अर्थहानी हुन सक्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईंका लागि मनोरञ्जन दिनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मान सम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको  दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन व्रत गर्दा  तपाईंको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन गरेको काममा सफलता मिल्नेछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा