२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेषलाई धनलाभ हुनसक्ने, अरू राशीको कस्तो छ आज ?

२०७९, १२ बैशाख सोमबार ०३:१९

वैशाख १२, काठमाडाैं । १२ वैशाख २०७८ सोमबार । तद्नुसार अप्रिल महिनाको २५ तारिक २०२२ । वैशाखकृष्णपक्ष दशमी, वणिज करण, धनिष्ठा नक्षत्र शुक्ल योग, चन्द्रमा मकर राशिमा छ ।

आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् । आज सूर्योदय ५ः३० मा भएकाे छ भने सूर्यास्त ६ः३३ मा हुनेछ । आज बिहान ७ः०८ देखि ८ः४६ सम्म राहुकाल छ । यो समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन ।

सोमबार शिवालयको यात्रा शुभ मानिन्छ । सोमबारको दिन बाहन खरिद गर्नका लागि शुभ मानिन्छ । बिहान ११ः३६ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्तको समय हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकको लागि आजको दिन धनलाभ हुनसक्छ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा  छाउने छ ।  पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला । साना कन्यालाई भोजन र केही खानेकुरा र बस्त्र दान दिनुहोला ।  आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन यात्रा अवरोध आउनसक्छ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने