२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

२०७९, ३१ बैशाख शनिबार ०२:०१

वैशाख ३१, काठमाडाैं | ३१ वैशाख, २०७९, वैशाख महिनाको अन्तिम दिन मसान्त, तद्नुसार मे महिनाको १४ तारिक २०२२ । वैशाखशुक्लपक्ष त्रयोदशी तिथि, तैतलि करण, चित्रा नक्षत्र, सिद्धि योग, चन्द्रमा कन्या राशिमा छ ।

आज बिहान सूर्योदय ५ः१५ मा भएकाे भने सूर्यास्त ६ः४५ मा हुनेछ । बिहान ८ः३९ देखि १०ः२० सम्मको समय राहुकाल छ भने ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त छ । राहुकाल भएको समयमा शुभकार्य गर्न नहुने मान्यता छ ।

अभिजित मुहूर्तको समयमा शुभकार्य गर्न सकिन्छ । शनिवार भएकाले आजको दिन शिवालय, देवालय र शनिदेवको मन्दिर वा पिपलको बृक्षमा जल अभिषेक गर्दा शनि ग्रहको दोष निवारण हुने गर्दछ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ ।

सनातन धर्ममा कुनै पनि कार्य गर्दा गणेशलाई सम्झना गर्नुपर्ने हुन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आजको दिन व्यापारबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र योजना सफल हुनेछ । यात्राका लागि सूर्योदयपछि मात्र निस्कनु होला । यात्राबाट फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुन सक्छ । यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक रहनुहोला ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले शनिबार विवाद र झगडा नगर्नुहोला । आज कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र प्रदान गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आजको दिन तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले मनमा शान्ति प्राप्त हुनेछ । कसैलाई अपमान नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्री जातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ। 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्छ । 0

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि  फाइदा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । बिहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने