२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

१ जेष्ठ २०७९, आईतवार ०१:१०

जेठ १, काठमाडाैं | १ जेठ २०७९, आइतबार । तद्नुसार मे महिनाको १५ तारिक २०२२ । वैशाखशुक्लपक्ष चर्तुदशी तिथि, ज्येष्ठसंक्रान्ति पूर्णिमा व्रत छ ।

आज बिहान सूर्योदय ५ः१७ मा भएकाे छ भने सूर्यास्त १८ः४५ मा हुनेछ । आइतबारलाई आदित्यवार अर्थात् सूर्यको बार पनि भनिन्छ । आइतबार बिहान सूर्यनारायणको दर्शन गरेर मात्र काम गर्दा साताका दिन शुभ हुनेछन् ।

वणिज करण, स्वाती नक्षत्र,व्यतिपात योग, चन्द्रमा तुला राशिमा छ । आज बिहान ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित महूर्त छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ । आजका देवता रुद्र र ग्रहदेव राहु हुन् ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज व्यापारव्यवसायबाट लाभ  हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन  गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसिद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टि हटेर जानेछ ।  यात्राकोअवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईंले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । बोली र वाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईंले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले  सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईंको गरेको कामको प्रशसा हुनेछ ।  धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन सुरु गरेको यात्राले नयाँ योजना बनाउन सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले सफलता मिल्नेछ । बिहान सूर्यनारायणको दर्शन गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  व्यापारबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईंलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । तपाईंले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा तलाभ हुनेछ । आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिबलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नै उत्तम हुनेछ  । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आज पराक्रम गर्ने दिन हो । व्यापारबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । साँझको समयका देवालयको यात्रा हुनसक्छ । यो यात्रा पनि फलदायी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?