२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेषलाई सामाजिक कामबाट मानसम्मान मिल्ने, वृषलाई आकस्मिक धनलाभको सम्भावना

२०७९, ५ जेष्ठ बिहीबार ००:४२

जेठ ५, काठमाडौं । ५ जेठ, २०७९ बिहीबार । तद्नुसार मे महिनाको १९ तारिक २०२२ । ज्येष्ठकृष्णपक्ष चतुर्थी, बब करण, मूल नक्षत्र, साध्य योग, चन्द्रमा धनु राशिमा छ । आज विहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त १८ः४७ मा हुनेछ ।

आजका देवता सावित्री, ग्रहदेव शुक्र हुन् । भनिन्छ, विहीबारको दिन अध्ययनअध्यापन कार्यका लागि शुभ मानिन्छ । आज बिहान ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । यो समयमा कुनैपनि शुभकार्य गर्दा मनोवाञ्चित फल प्राप्त हुनेछ । हरेक दिनको शुभ र अशुभ समय हुन्छ । हामीले कुर्न नयाँ र राम्रो कामको शुरुवात शुभ समयमा गर्दा सफलता प्राप्त गर्न सकिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)  : सामाजिक सेवाको कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आज मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट सहयोग हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंका लागि शुभ हुनसक्छ । बिहीबा व्रत गर्नु शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष रसोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)  : बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य मेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गकाा लागि बिहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ