२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशिफल

२२ जेष्ठ २०७९, आईतवार ०२:०६

जेठ २२, काठमाडौँ | आजको पात्रो: २२ जेठ, २०७९, जुन महिनाको ५ तारिक २०२२ । आज विश्व वातावरण दिवस हो । ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि, आज काठमाडौं उपत्यकामा नेवारी समुदायहरुले कुमारषष्ठी अर्थात् सिथिनख पर्व मनाउने गर्दछन् ।

आज विहान सूर्योदय ५ः०९ मा हुनेछ भने सूर्यास्त ६ः५७ मा हुनेछ । विस्तारै दिन लामो र रातो छोटो हुँदैछ । हरेक आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । कौलब करण, अश्लेषा नक्षत्र, व्याधात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आजको देवता बायु र ग्रहदेव शुक्र रहेको छ । सरकारी कामकाजको लागि आइतबार शुभ बार मानिन्छ । आज साँझ ५ः१४ देखि ६ः५८ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहोला ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईको स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउनेछ । त्यसैले मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी  हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ । विहान सूर्योदयको दर्शन गरेर कार्य गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शनपछि आफ्नो यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा आज  प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो ।साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मका काममा लाग्नुहोला ।   


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?