२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् तपाईंको राशिफल

२५ जेष्ठ २०७९, बुधबार ०१:२०

जेठ २५, काठमाडौं | २५ जेठ, २०७९ बुधबार । तद्नुसार ८ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष नवमी तिथि, बब करण, उत्तरफाल्गुनी, सिद्धि योग, चन्द्रमा सिह राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ६ः५९ मा हुनेछ । आजको देवता गणेश र्आर ग्रहदेव मंगल रहेको छ । आज बिहान ११ः३६ मा हुनेछ भने १२ः३१ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न गर्न सकिन्छ । बुधबारको दिन गृहस्थ जीवनमा कार्य गर्नु उपयुक्त दिन हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मन प्रवल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभ हुनेछ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै उत्तम हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला। आजको दिन सोचअनुसार काम हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

व्यापारव्यवसायबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनुभयो भने फाइदा पुग्नेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययनअध्यापनको क्षेत्रमा पनि आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ