थाहा पाउनुहोस् आजको राशिफल

Posted on: 28 Jun, 2022

असार १४, काठमाडौं | आजको पात्रो : १४ असार २०७९, मंगलबार । तद्नुसार २८ तारिक २०२२ । असारकृष्णपक्ष अमावस्था औशी, शकुनि करण, मृगशिरा नक्षत्र, गण्ड योग, चन्द्रमा वृष राशिमा छ । मंगलबार गणेश र हनुमानको ध्यान र साधना गर्ने दिन हो ।

आज बिहान सूर्योदय ०५ः११ मा हुनेछ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । दिन लामो र रात छोटो हुँदै छ । आज ११ः४० देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा फल प्राप्त हुनेछ । आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । आज यात्राको लागि उत्तम दिन मानिन्छ । खोज अनुसन्धान, लेखनको काममा पनि ध्यान दिदा उपयुक्त हुन्छ । सामाजिक कामको लागि आजको नक्षत्र उत्तम मानिन्छ । त्यसैले आजको दिन औशी भएपनि समाजको हितको काममा लागि शुभ मानिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकले मंगलबार नयाँ कामको शुरुवात गर्न सक्नेछन् । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने सम्भावना रहन्छ । आज मौन रहनु उत्तम हुनेछ । कुनै कुरामा विवाद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटदै जानेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने मन खुसी हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आज परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने, नयाँ कामको शुरुवात नगर्नुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ । सिंह राशिका जातकले विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ ।  मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ । आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक प्रश्न उठनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

कामबाट सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापार व्यवसायमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको प्रभाव जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ । आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । गणेशको मन्दिरको परिक्रमा गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

समय गणनाअनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबार लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने उन्नति र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!