२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् तपाईंको राशिफल

२०७९, १८ असार शनिबार ०२:१६

असार १८, काठमाडौँ | आजको पात्रो ः १८ असार २०७९, शनिवार, जुलाई महिनाको २ तारिक सन् २०२२ । असार शुक्लपक्ष तृतीया तिथि, गर करण, अश्लेषा नक्षत्र, हर्षण योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१३ मा हुनेछ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । विहान ८ः४० देखि राहुकाल शुरु भएर १०ः२४ सम्म रहनेछ । त्यस्तै, ११ः४१ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता भग र ग्रहदेव सूर्य । शनिबारको दिन शनि वा आफू बसेको कुनै पनि देवालयको यात्रा गर्नु उत्तम हुनेछ । पिपलको वृक्षमा जल अभिषेक गर्दा उत्तम हुनेछ । अहिले गुप्त नवरात्र चलिरहेको छ । देवीको आरधना गर्ने समय पनि हो ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुने हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनसक्छ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका श्रेष्ठ सदस्यबाट आशीर्वाद मागेर हिडनु होला ।

बृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ । आजको दिन केवल सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्नेछ ।  गृहस्थल नजिक पर्ने देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक हुनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शनिवारको दिन शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला । आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्यको दर्शन गर्नुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनुक्छ । आज तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य शुरुवात गर्नुहोला । सूर्य देवताको मन्त्र सुन्ने र पढ्दा फाइदा हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

शनिवारको दिन देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ ।  मौन रहनु उत्तम हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ । ध्यान साधनामा समय खर्च गर्नु फलदायी हुनेछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने