७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस आजको राशिफल

२७ आश्विन २०७९, बिहीबार ०२:५०

असोज २७, काठमाडौँ | आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको १३ तारिक २०२२ । कार्तिककृष्णपक्ष चर्तुर्थी, बब करण, कृत्तिका नक्षत्र, सिद्धि योग, चन्द्रमा बृष राशिमा रहेको छ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापन र अनुसन्धानको कार्यमा लागि राम्रो दिन हो । आज विहान सूर्योदय ०६ः०२ मा सूर्यास्त ५ः३७ मा हुनेछ । विहान ११ः२८ देखि १२ः१४ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समयमा आजको शुभ समय मानिन्छ । विहीबारको दिन ललितपुरको मंगलामुखी दर्शन गर्ने चलन रहेको छ । आज दिउसो १ः१८ देखि २ः४४ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य र यात्राको शुरुवात गर्नु हुँदैन ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा उर्जा थपिने छ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । तपाईलाई गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला । मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयका दर्शन गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईको मनमा खुसियाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

व्यापार ब्यबसायमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा तपाईलाई फाइदा हुनेछ । कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला । आजका दिन व्रत गर्नु निकै उत्तम हुनेछ ।    

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि अवसर  र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । विहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईकको अधुरा कामहरु पुरा हुनेछन् । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिनशुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । विवाद हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । परिवारबाट असहयोग हुनसक्छ त्यसैले कसैको साथ  नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।     

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राको लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले तपाईको मनोइच्छा पूरा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या