२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाईंको आजको राशिफल

२८ आश्विन २०७९, शुक्रबार ०२:४०

असोज २८, काठमाडौँ | २०७९ असोज २८ गते, शुक्रवार, १४ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष पञ्चमी तिथि। रोहिणी नक्षत्र। चन्द्रराशि– वृष।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईलाई रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार ब्यबसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  आजको सदन दिन कष्टहरु आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । ।  परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन  तपाई कैें कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । कन्या राशिका जातकले  स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन सफलता मिल्नेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान