थाहा पाउनुहोस् तपाईंको राशिफल

Posted on: 16 Oct, 2022

असोज ३०, काठमाडौं | आजको पात्रो : ३० असोज २०७९, आइतबार । तद्नुसार १६ अक्टुबर २०२२ । कार्तिककृष्णपक्ष षष्ठी, बणिज करण, आन्द्रा नक्षत्र परिध योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । 

आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३४ मा हुनेछ । आइतबार सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्दा शुभ हुनेछ । आज ११ः२७ देखि १२ः१३ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समयमा गरेको काम शुभ हुनेछ । आजका देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । आइतबार सरकारी कामकाज शुरुवात गर्दा शुभ हुनेछ । साताका पहिलो दिन भएकाले सरकारी काम आइतबार शुरु गर्दा साताभित्र सकिन्छ । आजको दिन व्यापार व्यवसाय आदि कामका लागि त्यति उपयुक्त देखिदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातका लागि आज अर्थ लाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी  हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ सुखद खबरले खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । कसैलाई सहयोग गर्नुभए बापत मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत सम्मान गर्नेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्ना यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा आज  प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतबार उत्तम दिन हो । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मक काममा लाग्नुहोला । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!