आर सी पौडेल यस्ता ब्यतिmहुन उनि जो नेपालमा अवसर छैन र याहँ केही गनै सकिदैन भन्ने युवा हरुको गतिलो जवाफ बनेका छन । समान्य परिवारमा जन्मियर पर्वतको दुर्लुङमा २०४४ सालमा जन्मेका उनि बालशिक्षा देखी एस एल सी सम्म सुर्य प्रकाश माध्यामीक बिद्यालय दुर्लुङ र उच्चशिक्षा सहित स्नातक सम्मको अध्ययन गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मामा गरेका सानै उमेर देखी नेपाली काँग्रेसको राजनिती गरेका उनले नेपल विद्यार्थी संघको कार्यवहाक सभापति सम्म पुगे र नेपाली काँग्रेको क्रियाशिल सदस्य छन् ।
त्यति मात्र नभइ सानै देखी दोहोरीमा रुचि राख्ने उनी राष्ट्रियलोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समितिमा विभिन्न पद सम्हाल्दै पर्वतको जिल्ला अध्यक्षको पद समेत समाली सके र पछिल्लो सयमा खरो दोहोरी गाएकको रुपमा प्रस्तुत गर्दै गोर्खा महोत्सव देखी पश्चिमाञ्चल दजनौ अवार्र्ड हरु जितिसकेका छन् ।
बहुभप्रतिभाका धनि उनि सामाजिक हिसावले हाल नेपाल पत्रकार महासघ. पर्वतका क्रियाशिल सदस्य एवं क्षेत्रीय पार्षद, नेपाल फोटोग्राफर सघं पर्वतका सदस्य,स्टेसनरी तथा पुस्तक ब्यवसायी सघ. पर्वतका सदस्य,डायमण्ड युथ कल्व दुलुङका सस्थापक सदस्य तथा हाल पर्वत जिल्लाकै सामाजिक सेवामा अग्रणी भुमिकामा रहेको अन्तराष्ट्रिय सामाजिक सेवा मुलक सस्था रोट्याक्ट कल्व अफ पर्वतको अध्यक्ष रहेका छन् भने ब्यवसायीक हिसावले सदरमुकाममा आर.सी दाईको ड्राइभिङ्ग स्कुल,प्रतिफल स्टेसनरी एष्ड सप्लार्यस तथा प्रतिफल फोटो स्टुडियो कुश्माका सञ्चालक समेत हुन र पारीवारीक हिसाबले चार दाजु मध्येका कान्छा उन्का दुइ आमा एक श्रीमति र एक छोरी छन् । रोट्याक्ट सप्ताहको अबसरपारि साझासवाल पर्वतका साझासवालकर्मी महेन्द्र केसीले गरेको कुराकानी ।
१.आर.सी जि तपाई सामाजसेवी हो की ब्यापारी ?
दुवै हो । तर हिजो ब्यापारी सब्द लाई पहिलो प्रथामिकतामा राख्थे तर अहिले समाजसेवालाई पहिलो प्रथामिकतामा राख्न थालेको छु ।
त्यसो हैन ………सर । पैसाले कस्लाई पुगेको छ र ? विलगेट्स पनि दुखी छन पैसाका कारणले किनकी अव मैले भन्दा धेरै पैसा कसैले कमायो भने म सन्सारको दोस्रो धनिमा पर्छु भनेर । त्यसैले पैसाले कसैलाई पनि पुग्दैन पु¥याउने हो ।
कुरा त्यसरी पनि नवुझम् । राजनिती पनि समाजको सेवाका लागि नै गर्ने हो अहिले म विशुद्व गैरराजनितिक सस्थाको अध्यक्ष छु त्यसैले क्रियाशिल भएर मात्र नहिडेको हो आफ्नो भित्री तयारी गरिरहेको छु यो सस्था बाट अवकास भएपछि क्रियाशिल राजनितिमा आउछु ।
सम्भव छ । राजनिति कि त आफैले गर्न सक्नु पर्यौ होईन भने खराव मान्छेले गर्छन आफु तिनिबाट शासित हुन सक्नु पर्यो । जव असल मान्छे राजनितिमा आउछन समाजसेवाका लागि प्रसस्तै ढोकाहरु खुल्छन् । ब्यापार गर्नु बाच्नका लागि हो जो विना ब्यापार अथवा विना ब्यवसाय वा आम्दानी नभएको मान्छेले राजनिति गर्नु भनेकै भ्रष्टचार गर्नका लागि गाएक र पत्रकारीत, फोटोग्राफी मेरा शोखका विषय हुन । यनिले मलाई हरेक काममा खुशी दिलाउछन । त्यसैले फुर्सदको समयमा तिनलाई पनि सगं सगै लैजान्छु ।
पर्वतको दुर्लुङमा अति विपन्न परिवारमा जन्मेको म ४ बर्ष को हुदाँ बाबा स्वार्गिय हुनभयको सुन्छु थाहा पाउदिन ८ कक्षा सम्म जेनतेन पढेपनि त्यस भन्दा माथिको पढाई सुचारु गर्न आर्थिक अभावका कारण नसेके पछ ६ महिना कामका लागि भारतको पञ्जावमा पुगे र पछि पढाई विग्रने डरले केहि आइसी पैसा बोकेर नेपाल आए र त्यहि पैसाले झोले ब्यपार सुरु गरे । विहानमा कुश्मा आउथे अनी दालमोठ, माडा, खस्टा भन्ने पाइन्थ्यो त्यतीबेला त्यही लिएर स्कुल जान्थे पढने बेलामा पढ्थे हाप छुट्टीमा ब्यापार गर्थे ।
एस एल सी सम्म यसरी नै पढे । एस एल सी पास भए पछि उच्च शिक्षा हासील गर्ने अवस्था थिएन । तै पनि विदेश जाने सोच आएन म जसरी पनि पढ्छु भन्ने मात्रै सोचे , अधिकारी फर्नीचर उद्योग कुश्मामा मासीक १५०० तलव पाउने गरी पार्ट टाईम जागिर पाए र गुप्तेश्वर बहुमुखी क्याम्पसमा भर्ना भए । पछि नेपाली काँग्रेस पार्टीकार्यालयको ढोका खोल्ने काम पाए मासीक २५०० दिने सर्तमा । पैसा त पाईन तै पनि केही सिक्ने अवसर पाए । तलव नपाए पनि काँग्रेसका केही मान्छेहरु सँग चन्दा मागेर स्नातक सम्म अध्यन गरे २०६९ साल वैषाख १ गते पर्वत सञ्जाल साप्ताहिक खवर पत्रिका, क्यामव्रीज ल्याङगोयज,र विवाहा एकै दिनमा सम्पन्न गरे । विवाहा पनि साथि भाईको चन्दा सहयोगमै गरेको हु । त्यस पछि मेरा ब्यापारिक दिन सुरु भए । मेरी श्रीमति मैले सोचे भन्दा तेजिलो दिमाखकाी परिछन । मैले जे सिकय त्यो सहजै सिक्न सफन भईन ।
मैले सिकाएका कुरामा उनले मैले भन्दा छिटो र राम्रो ढङ्गले काम सम्पन्न गर्न थालिन । हामीले एक दिनमा करिव १६ घन्टा सम्म काम गर्यौ । भर्खर विहे भए पनि हामीलाई त्यस बेला रमाईलो भन्दा पनि पैसाको परि थिायो । अथक मेहनत गरियो भाग्यले र उनले बराबर साथ दिए ब्यापार राम्रो भयो, विहे भएको ४ बर्ष चलिरहदा अहिले ३ वटा कार,३ वटा मोटरसाईकल, २ वटा स्कुटर, ४ जना कर्मचारी सानो एउटा घडेरी, आर.सी दाईको ड्राईभिङ्ग स्कुल, प्रतिफल स्टेसनरी एण्ड सप्लार्यस, प्रतिफल फोटो स्टुडियो अनि जस्तो भएनी आफ्नै मेहनतले एउटा छाप्रो बनाएर त्यसैमा ब्यापार गरी बसेका छौ ।छलङ्ग हुनुभयो, पैसा कहाँ बाट आयो र पैतृक सम्पति कति थियो भनेर ?
हेर्नुस पैसा कसैलाई पनि धेरै हुने वस्तु हुदै हैन ।यस्को अभव सवैलाई सधै हुन्छ । पैसा कहाँ राख्ने भन्ने कुरा त पैसा भए खर्च गर्ने ठाँउ जति पनि हुन्थे । त्यसै माथी सामाजिक सेवामा लागेको मान्छे आम्दानी बढेपछि खर्च पनि बढ्छ । प्रगती भन्ने पनि त्यस्तै हो आफ्ना आफ्ना पिर ब्यथा रिन नभएको कोही हुदैन यत्ति हो की हजुर हरुको नजरमा प्रगति गर्ने मान्छे कोटामा गनिन पाउनुनै मेरो प्रगति हो भन्ने बुझेको छु ।
लक्ष्य एउटै हुनु पर्छ हिडने बाटा फरक भए पनि । यि सवै कुरा मेरो जिबन सँग जोडिएका कुरा हुन , र मेरो मुख्य लक्ष्य भनेकै समाज सेवा हो । जस्का लागि म आँफै लागि परेको छु ,राजनितिलाई यसै सगसगै लैजान्छु आर्थिक पाटो सवै श्रीमतिले हेरेकी छन् । कामधन्दाको लागि कर्मचारी छन् । कलाकारीता र पत्रकारीता फुर्सदमा मात्रै गर्छु अझ एत गर्दा पनि कहिले काँही त खाली हुन्छु । बडो चिन्ता लाग्छ आजको दिन थारो गयो । विनाकाममा गायो भनेर खान पनि कम मन लाग्छ त्यस्ता दिनमा त ।
यस विषयमा धेरै बोलिन केबल यत्ती बोलन चाहान्छु कि यदि तपाई यदि केही मिनेट खुशी हुन छ भने चुड्कीला पढ्नुस, केही घन्टा खुशी हुनु छ भने चलचित्र हेर्नुस, केही महिना खुशी हुनु छ भने विहे गर्नुस तर जिन्दगि भर खुशी हुनका लागि समाज सेवा गर्नुस । यहि सिद्वान्तलाई अंगालेको छु ।समाजले सधै सम्मान र खुशी दिन्छ । करोडौ पैसा कमाएका मान्छे नाम कमाउन नसकेर रुन्छन, नाम कमाएका मान्छे पैसा कमाउन नसकेर रोएका छन । म दुवै कमाउन चाहान्छु त्यसैले समाज सेवा अघी अघि ब्यपारलाई पछि पछि लिएर जाने सोचमा छु । मलाई रोटरी र रोट्याक्टले सिकाएका कुरा ।
अन्तरष्ट्रिय सामाजिक सेवा मुलक सस्था रोट्याक्ट क्लव अफ पर्वतको स्थापना भएको पर्वतमा ६ बर्ष भयो म छैटौ अध्यक्ष हुँ । हामीले प्रत्येक बर्ष यसरी नै बार्षीक सहित विशेष साताब्यापी सामाजिक सेवामुलक काम गर्ने गछौ ।यस पटक पनि हामी सेवामुलक तथा रचनात्मक कार्यक्रम लिएर समाजमा जाँदै छौ ।
पहिला दिन ३० गते उद्घाटन समारोह, उद्यमीलाई सिलाई मेसीन बितरण तथा उद्यमी सम्मान कार्यक्रम चैत्र १ गते पर्यटन प्रवद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना कार्यक्रम,तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चियर वितरण तथा स्टेसनरी सामाग्री वितरण कार्यक्रम, चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्री पुर्ण फुटवल प्रतियोगिता पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लु«ङकोटका लागि १०० थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम, छौटौ दिन वितिय साक्षरता संम्वन्धी तालीम सञ्चालन, र सातौ ट्राफिक साचेतनाका लागि बोर्ड स्थापना एवं जनचेतना कार्यक्रम सञ्चलन गदै छौ ।
खर्च त हाम्रो तिन लाखको अनुमान छ जस्मा करिव एक लाख पचास हजार स्पोन्सर रोटरीयान तथा समाज सेवी सुभ चिन्तक बाट पाएका छौ बाँकी सवै हामी आफै मेनेज गछौ । तर विदेश बाट आँउछ भन्ने भ्रममा केही पनि नपर्नु होला ।
समस्या,शत्रु र रिन नहुने मान्छेले प्रगतिको कल्पना नगरेपनि हुन्छ । मेरा नि हरेक पाईला समस्या हरु थिय शत्रु थिए र रिन थियो यि तिन कुराले सधै मलाई काम गर्नका लागि अगाडी धकेली रहे अहिले पनि धकेलेका छन । गतिलो साग सुत्न दिएनन । त्यसैको प्रतिफल म हजुरको अगाडी बसेर अन्तरवार्ता दिनसक्ने भए ।
मेरा विचार रख्ने सुअवसर दिनुभएकोमा तर्पाइ लगाएत साहार न्युज दैनिक परिवारलाई धन्यवाद । र बाल्यकालमा अदभुत माया दिने ममतामयी आमा इश्वरी पौडेल, युवा अवस्थामा अविस्मरणीय साथ र सहयोग दिने सन्तोष पौडेल अनि विवाहित बनिसके पछि भाग्य बनेर आएकी जिवन संगिनी पुजा कार्की शर्मा प्रति पनि विशेष साधुवाद प्रकट गदर्छु ।