2026-06-17 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एक मन्त्रीमाथि सुरक्षाकर्मीले नै हाने गोली, अवस्था चिन्ताजनक

माघ १५, काठमाडौँ | भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । 

एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन । 


घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् । मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ । यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ । नव किशोर दासले ओडिशाको झरसागुडा सिटमा सन् २००४ मा पहिलो पटक कांग्रेसबाट चुनाव लडेका थिए। त्यसबेला उनी हारेका थिए। त्यसपछि उनी सन् २००९ मा कांग्रेसबाटै उठे। २००९ मा जितेका उनले सन् २०१४ मा पनि त्यही क्षेत्रबाट विधानसभाको टिकट काटे। 

सन् २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर उनी विधायक बनेका थिए। नव किशोर दासलाई उनको क्षेत्रमा प्रभावशाली नेता मानिन्छ। नब किशोर दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए। त्यसपछि तत्कालीन विधानसभा अध्यक्ष निरञ्जन पुजारीले उनलाई एक साताका लागि निलम्बित गरिदिएका थिए। यस मामिलामा नब किशोरले भने आफूले जीवनमा कहिल्यै पनि पोर्न भिडिओ नहेरेको जिकिर गरेका थिए। तर आफूले इन्टरनेट चलाउने क्रममा उक्त भिडिओ खुल्न पुगेको उनको तर्क थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु