“कविगुरु” यज्ञप्रसाद सुवेदी
पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन ।
खुर्पेटो पेटमा बाँध्ने घरमा छैन रासन ।।
अर्काले लाएको देख्दा आँखा पल्टाई हेरने ।
अरुले खाएको देख्दा ज्यूराले स्वाद फेरने ।।
बिहान बेलुकी फेरी दिनभरी गाउँ डुलदा ।
अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।।
हेर्दछु यो मेरो देह सुहाउँदैन कतै पनि ।
घोरिएर म संझन्छु रात्रीको थाउनु अनि ।।
भरि होस् अथवा पेट भोकै रात परेपनि ।
पस्दछु थाउना भित्र प्राण दाता तँ होस् भनी ।।
गुन्द्रिमाथि स्ति फेरि थाउनु ओढँदा जसै ।
आनन्द हुन्छ यो देह तातेर घूर्सँदा तसै ।।
थाउनु ओढदा खेरी जाडो भोक् सब मेटिने ।
मसक्क मै निदाउँदा बा जीबा सब भेटिने ।।
सपना देखदा खेरी रमाइलो रम झम ।
पुर्खा मेरा मेरा कति ताते तँ थाङ्नालाई नमो नम ः ।।
थाउनाभित्र खुम्चिदा न टण्टा न त काम क्यै ।
न नाङ्गो देखिने देह न बेइज्जत न त नाम क्यै ।।
टपक्क टपक्क टाप मार्दामा शिरदेखि पैताला सम्म ।
हुना तातो हुने हो र तँ थाङनालाई नमो नमः ।।
बाउ बाजेहरुका भोटा गाँसिइकन थाउनु भइस् ।
भाग्य ठूलो हुँदा मेरो पालो सम्म पनि रहिस् ।।
पुस्तौँ पुस्ता रही मेरा छोरा नाती तताउनु ।
नमस्कार सदा गर्छु प्राणदाता तँ थाउनु ।।
हे प्यारा ! थाउना तेरा टाला छन् देहमा कति ।
जति टाल्यो त्यति तातो हुँदै जान्छन् उतिउति ।।
थाउनु दुःखीको देव रक्षा गर्दछ देहको ।
पुषे जाडो पनि जान्छ थाउना भित्र पस्छ जो ।।
तनक्क तन्कँदा खेरी थाङनामा पाउ अल्झने ।
सबेरै ब्यूँझि फाल्दामा एक घडी तक बल्झने ।।
कहिले म अतासिन्थेँ बालकाल छँदा पनि ।
तथापि छ नमस्कार प्राण दाता तँ होस् भनि ।।
थाङ्नाकै छ बढी माया देहको बरु मान्दिन ।
कम्बल, राडि, कश्मीरा आदि भन्न म जान्दिन ।।
आज सम्म पनि ओढेँ अझै कति म ओढ्दछु ।
सहश्र होस् है थाङ्ना तैँलाई हात जोड्दछु ।।
यो कविता २०२७ सालमा प्रकाशित कविको द्वितीय कृति कल्पना सङ्ग्रह भाग २ बाट साभार गरिएको हो । तत्कालीन समयमा धवलागिरी अञ्चल क्षेत्रमा निकै चर्चामा रहेको यो कविता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।