२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जाडोमा थाङ्गनाभित्र घुर्सिँदाको अानन्द : दुःखीको थाङ्नु (समसामयिक कविता )

२०७३, १८ मंसिर शनिबार १२:१४

“कविगुरु” यज्ञप्रसाद सुवेदी

पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन ।

खुर्पेटो पेटमा बाँध्ने घरमा छैन रासन ।।

अर्काले लाएको देख्दा आँखा पल्टाई हेरने ।

अरुले खाएको देख्दा ज्यूराले स्वाद फेरने ।।



बिहान बेलुकी फेरी दिनभरी गाउँ डुलदा ।

अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।।

हेर्दछु यो मेरो देह सुहाउँदैन कतै पनि ।

घोरिएर म संझन्छु रात्रीको थाउनु अनि ।।


भरि होस् अथवा पेट भोकै रात परेपनि ।

पस्दछु थाउना भित्र प्राण दाता तँ होस् भनी ।।

गुन्द्रिमाथि स्ति फेरि थाउनु ओढँदा जसै ।

आनन्द हुन्छ यो देह तातेर घूर्सँदा तसै ।।


थाउनु ओढदा खेरी जाडो भोक् सब मेटिने ।

मसक्क मै निदाउँदा बा जीबा सब भेटिने ।।

सपना देखदा खेरी रमाइलो रम झम ।

पुर्खा मेरा मेरा कति ताते तँ थाङ्नालाई नमो नम ः ।।


थाउनाभित्र खुम्चिदा न टण्टा न त काम क्यै ।

न नाङ्गो देखिने देह न बेइज्जत न त नाम क्यै ।।

टपक्क टपक्क टाप मार्दामा शिरदेखि पैताला सम्म ।

हुना तातो हुने हो र तँ थाङनालाई नमो नमः ।।


बाउ बाजेहरुका भोटा गाँसिइकन थाउनु भइस् ।

भाग्य ठूलो हुँदा मेरो पालो सम्म पनि रहिस् ।।

पुस्तौँ पुस्ता रही मेरा छोरा नाती तताउनु ।

नमस्कार सदा गर्छु प्राणदाता तँ थाउनु ।।


हे प्यारा ! थाउना तेरा टाला छन् देहमा कति ।

जति टाल्यो त्यति तातो हुँदै जान्छन् उतिउति ।।

थाउनु दुःखीको देव रक्षा गर्दछ देहको ।

पुषे जाडो पनि जान्छ थाउना भित्र पस्छ जो ।।


तनक्क तन्कँदा खेरी थाङनामा पाउ अल्झने ।

सबेरै ब्यूँझि फाल्दामा एक घडी तक बल्झने ।।

कहिले म अतासिन्थेँ बालकाल छँदा पनि ।

तथापि छ नमस्कार प्राण दाता तँ होस् भनि ।।


थाङ्नाकै छ बढी माया देहको बरु मान्दिन ।

कम्बल, राडि, कश्मीरा आदि भन्न म जान्दिन ।।

आज सम्म पनि ओढेँ अझै कति म ओढ्दछु ।

सहश्र होस् है थाङ्ना तैँलाई हात जोड्दछु ।।

यो कविता २०२७ सालमा प्रकाशित कविको द्वितीय कृति कल्पना सङ्ग्रह भाग २ बाट साभार गरिएको हो । तत्कालीन समयमा धवलागिरी अञ्चल क्षेत्रमा निकै चर्चामा रहेको यो कविता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन