-तारा सुनुवार
बिर्सौ हौली ।
बिर्सि सकेयो हौली
बयलपाटा तिमीले ,
चण्डिका,भागेश्वर,
जनालीकोट,रिडिकोट
चारैतिर बरपिपलै पिपलको
छहारीले घेरिएकी थयौ
साँफे,मंगलसेनको मायाले
बिचमा बेरिएकी थियौ ।
तिम्रो आगनमा
सामिप्यताको भिड थियो
सुन्दर बगैचाभरी
यौवनका फुलहरू
ढकमक्क फसलाएकि थियौ
हरेक पल भुन भुन गराई
भमराहरू डसलाएकि थियौ,
पहिलो प्रहरको
किरणसंगै,
यौवनका लालीमा
तिम्रै आगन भरी
छरपष्ट पोखाएकि थियौ ।
तिम्रो सुनदरताको बयान
गरे कमि हुन्छ ,
छिपेखोला,बयलगडा
त्यसै माथि
बरपिपलले जिस्काउदा
झागिन खाजेका
अपार खुशीहरू
भसईभरि छरिदिन्थ्यौ,
बुढिगण्डकिको छालले
तानेर तिम्रै मझेरीमा हान्दा
हावा हुरी झै
मंगलसेन पनि
हाम फाल्न लगाउथ्यौ ।
खाली जरकिन लिएर
मन्ना खेतीको पधेरीमा
दौडाउथ्यौ,
बिहान बेलुकी टार्न ,
त कहिले
बाटाभरि साताको
लुगा लत्ता सरसफाईमा
तल्लिन गराउथ्यौ ,
मन्ना खेती पधेरोमा
हरेक पाईलाहरू
फौजिले बजारेको
पाईला झै लाम बद्द
हरेक साझ लम्कन्थे ,
त्यतै बाट यौवनका
उर्वर चालहरू एक अर्कामा
झगडिदै
तिम्रै अगेनामा
पोखिएर लडिरहन्थे ।
बयलपाटा तिमीले बेलबेलामा
मंगलसेन विनायक खेदाउथ्यौ
मिर्मिरे देखि गोधुली सम्म
कहिले खोला,नाला
कहिले जंगलतिर
परेट खेलाउथ्यो,
थकानको आभास
कतै झल्किदौथ्यो,
अप्ठयारो बाटो भेटे झै लादैनथ्यो,
खुट्टा भरि फोका उठेनी
तन गलेर भारि भएनी,
मन सधै फुरूङ फुरूङ
कुनै छेकेबार ले
छेक्न सक्दैनथ्यो ।
बयलपाटा तिमीले
बेला बेलामा मंगलसेन
ओराल्थ्यौ,
पाहुना बनाई बरपिपलको
छहारीमा राखेर सरर
स्वर्गगानन्दको यात्रा
गराउथ्यौ ,
एकान्तमा घरि घरि हराउथ्यौ ।
के गर्दै छु पतै पाउथेनौ
बयलपाटा तिमीले
कहिले संगित पाठाशाला
खोल्दिन्थ्यौ ,
कहिले नाचघर बनाउथ्यो
त
कहिले खेल मैदान
चौ,छक्का नै झुक्काउथ्यो
दिन छिप्पिन अघि
दिन ढल्किन अघि
चारै गाविस
फन फनि घुमाउथ्यौ
बिर्सौ होली बयलपाटा तिमीले
यसै गरि चारै तिर डुलाउथ्यौ ।