Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारा सुनुवारलाई अचानक भुपूमायाको यादले सताएपछि…

२०७४, २५ बैशाख सोमबार ०४:११

http://sajhasabal.com/uploads/contents/thumbs/

-तारा सुनुवार

बिर्सौ हौली ।

बिर्सि सकेयो हौली

बयलपाटा तिमीले ,

चण्डिका,भागेश्वर,

जनालीकोट,रिडिकोट

चारैतिर बरपिपलै पिपलको

छहारीले घेरिएकी थयौ

साँफे,मंगलसेनको मायाले

बिचमा बेरिएकी थियौ ।

तिम्रो आगनमा 

सामिप्यताको भिड थियो 

सुन्दर बगैचाभरी

यौवनका फुलहरू

ढकमक्क फसलाएकि थियौ 

हरेक पल भुन भुन गराई

भमराहरू डसलाएकि थियौ,

पहिलो प्रहरको 

किरणसंगै,

यौवनका लालीमा

तिम्रै आगन भरी

छरपष्ट पोखाएकि थियौ ।

तिम्रो सुनदरताको बयान

गरे कमि हुन्छ ,

छिपेखोला,बयलगडा

त्यसै माथि

बरपिपलले जिस्काउदा

झागिन खाजेका

अपार खुशीहरू

भसईभरि छरिदिन्थ्यौ,

बुढिगण्डकिको छालले 

तानेर तिम्रै मझेरीमा हान्दा

हावा हुरी झै

मंगलसेन पनि

हाम फाल्न लगाउथ्यौ ।

खाली जरकिन लिएर

मन्ना खेतीको पधेरीमा 

दौडाउथ्यौ,

बिहान बेलुकी टार्न ,

त कहिले

बाटाभरि साताको

लुगा लत्ता सरसफाईमा

तल्लिन गराउथ्यौ ,

मन्ना खेती पधेरोमा

हरेक पाईलाहरू

फौजिले बजारेको

पाईला झै लाम बद्द

हरेक साझ लम्कन्थे ,

त्यत‌ै बाट यौवनका 

उर्वर चालहरू एक अर्कामा

झगडिदै 

तिम्रै अगेनामा 

पोखिएर लडिरहन्थे ।

बयलपाटा तिमीले बेलबेलामा

मंगलसेन विनायक खेदाउथ्यौ

मिर्मिरे देखि गोधुली सम्म

कहिले खोला,नाला

कहिले जंगलतिर

परेट खेलाउथ्यो,

थकानको आभास

कतै झल्किदौथ्यो,

अप्ठयारो बाटो भेटे झै लादैनथ्यो,

खुट्टा भरि फोका उठेनी

तन गलेर भारि भएनी,

मन सधै फुरूङ फुरूङ

कुन‌ै छेकेबार ले

छेक्न सक्दैनथ्यो ।

बयलपाटा तिमीले

बेला बेलामा मंगलसेन

ओराल्थ्यौ,

पाहुना बनाई बरपिपलको

छहारीमा राखेर सरर

स्वर्गगानन्दको यात्रा

गराउथ्यौ ,

एकान्तमा घरि घरि हराउथ्यौ ।

के गर्दै छु पतै पाउथेनौ

बयलपाटा तिमीले

कहिले संगित पाठाशाला

खोल्दिन्थ्यौ ,

कहिले नाचघर बनाउथ्यो

त 

कहिले खेल मैदान

चौ,छक्का नै झुक्काउथ्यो

दिन छिप्पिन अघि

दिन ढल्किन अघि

चारै गाविस

फन फनि घुमाउथ्यौ 

बिर्सौ होली बयलपाटा तिमीले

यसै गरि चारै तिर डुलाउथ्यौ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी