बन्दी थियो ऊ

मुखियाको 

दरबारमा,

उसका आखा थिए 

हेर्न मनाही थियो 

उसको मुख थियो 

बोल्न मनाही थियो 

उसका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बन्दी थियो ऊ

मुखियाको 

दरबारमा,

उसका आखा थिए 

हेर्न मनाही थियो 

उसको मुख थियो 

बोल्न मनाही थियो 

उसका क"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दी थियो ऊ मुखियाको दरबारमा !

२०७४, १५ कार्तिक बुधबार ०८:४१

बन्दी थियो ऊ

मुखियाको 

दरबारमा,

उसका आखा थिए 

हेर्न मनाही थियो 

उसको मुख थियो 

बोल्न मनाही थियो 

उसका कान थिए 

सुन्न मनाही थियो 

उसका खुट्टा थिए 

हिड्न मनाही थियो 

उसका हात थिए 

चलाउन मनाही थियो 

त्यसैले त ,

बाबा बुढेसकालमा 

गोरु सरी जोतिदा 

टुलुटुलु हेर्थ्यो मात्र 

आमा मुखियाको पाउ पर्दा 

मन मनै रुन्थ्यो मात्र 

आफ्नै अगाडी 

बहिनीको बलात्कार हुदा 

कर्कस चित्कार सुन्थ्यो मात्र !!

एक दिन,

गाउमा बटुवा आयो 

नयाँ नयाँ बहार ल्यायो 

नाच्न सिकायो 

गाउन सिकायो 

बर्गीय मायाँ 

लाउन सिकायो 

कुज्जिएका उसका खुट्टा 

सल्बलाउदै चल्न थाले 

टालिएका उसका आखा 

ज्योति बनि बल्न थाले 

थुनिएका उसका कान 

मुक्ति गीतले खुल्न थाले 

बाधिएका उसका हात 

मुट्ठी बनि उठ्न थाले !!

ऊ लड्यो 

बाबालाई मुक्त गर्न 

ऊ लड्यो 

आमाको शिर ठाडो पार्न 

ऊ लड्यो 

बहिनीको इज्जत रक्षा गर्न 

ऊ  लड्यो 

मुखियाको चंगुलबाट 

दासहरुलाई मुक्त गर्न !!

समयले काचुली फेर्यो 

बनमाराले गाउ घेर्यो 

आधी हुरी चल्न छाडे 

आक्रोसको आगो बल्न छाडे 

बटुवाले आस पायो 

गास बास कपास पायो 

दरबार छिर्ने बाटो खन्यो 

बिचरो ऊ !!

फेरी उही दरबारमा 

मुखियाको बन्दी बन्यो !!!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने