यहाँ तिमीलाई
सपना बाड्न छुट छ
यहा तिमीलाई
मिलेर बसेका
बस्ती भाड्न छुट छ
मेरो देश
लोकतन्त्रले सजिएको
यहाँ तिमीलाई
सपना बाड्न छुट छ
यहा तिमीलाई
मिलेर बसेका
बस्ती भाड्न छुट छ
मेरो देश
लोकतन्त्रले सजिएको
यहाँ तिमीलाई
सपना बाड्न छुट छ
यहा तिमीलाई
मिलेर बसेका
बस्ती भाड्न छुट छ
मेरो देश
लोकतन्त्रले सजिएको
तिमी बेलगाम त्यसको नेता
म तिम्रो आज्ञाकारी जनता !!
हिजो तिमीले
राणा सासन ढाल्न
फासीमा लड्किनु पर्छ भन्यौ
म जीवनको मोह नगरी
फासीमा लड्किए,
राजतन्त्र ढाल्न
बन्दुक बोक्नु पर्छ भन्यौ
म घरबार त्यागी
बन्दुक बोकी निस्किए,
तिमीले चोकमा भएका
राजाका सालिक
ढाल्नु पर्छ भन्यौ
म गोली खादै
सालिक ढाल्न कस्सिए
तिमीले लोकतन्त्रको
बिगुल फुक्यौ
म नागिनको धुनमा
नाग झैँ लट्ठ भए !!
तिमी नै मेरो आदर्श
तिमी नै भाग्य विधाता हौ
तिमीले आगो भन्दा तातो
सहन सिकाएका छौ
ढुङ्गा नै खाए पनि
पचाउन सिकाएका छौ
कठोर पिडा र दुखमा पनि
रमाउन सिकाएका छौ
तिम्रा हरेक आदेशहरु
समाउन सिकाएका छौ !!
त्यसैले त,
मेरो भोको पेटमा
बुट बजार्दै
मेरो झुप्रो बस्तीमा
डोजर चलाउछौ
म चुपचाप सही दिन्छु
धोकाहरुका अनगिन्ती
चंगुल खडा गर्दिन्छौ
म सजिलै पचाईदिन्छु
अस्वासनका सुन्दर
महल सजाइदिन्छौ
कहिले बागमतिमा
जहाज बगाईदिन्छौ
कहिले काठामान्डौमा
मेट्रो चढाई दिन्छौ
कहिले म केबुलकारमा
सगरमाथा पुग्छु
कहिले सुरुङ्ग मार्गमा
पूर्व पश्चिम घुम्छु !!
फेरी तिम्रो आदेश आउछ,
चन्द्रगीरीमा कृष्ण सेनको
आदर्शमा आगो लगाई
पृथ्वीनारायणको
सालिक ठडाउ,
म कृष्ण सेनलाई
कारागारमा बन्दी बनाई
चोकको सालिक ढाल्दा
खाएको गोली छाम्दै
फेरी चन्द्रागिरीमा
पृथ्वीनारायणको
सालिक ठडाउछु !!
अबश्य एक दिन,
मेरो सहनशीलताको
बाध टुट्ने छ
तिम्रा अस्वासनका
चंगुलाहरुले भरिएको
बेलुन फुट्ने छ
तिम्रोलागी बगाएका
थोपा थोपा रगत जोड्ने छु
तिम्रा आदेशहरु
तिमी माथी फर्काउदै
साम्यवादी मार्ग कोर्ने छु !!