यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो देश र लोकतन्त्र !!

२०७४, १ मंसिर शुक्रबार १०:१९


यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको

तिमी बेलगाम त्यसको नेता 

म तिम्रो आज्ञाकारी जनता !!


हिजो तिमीले 

राणा सासन ढाल्न 

फासीमा लड्किनु पर्छ भन्यौ 

म जीवनको मोह नगरी 

फासीमा लड्किए,

राजतन्त्र ढाल्न 

बन्दुक बोक्नु पर्छ भन्यौ 

म घरबार त्यागी 

बन्दुक बोकी निस्किए,

तिमीले चोकमा भएका 

राजाका सालिक 

ढाल्नु पर्छ भन्यौ 

म गोली खादै 

सालिक ढाल्न कस्सिए 

तिमीले लोकतन्त्रको 

बिगुल फुक्यौ 

म नागिनको धुनमा 

नाग झैँ लट्ठ भए !!


तिमी नै मेरो आदर्श

तिमी नै भाग्य विधाता हौ 

तिमीले आगो भन्दा तातो 

सहन सिकाएका छौ 

ढुङ्गा नै खाए पनि 

पचाउन सिकाएका छौ 

कठोर पिडा र दुखमा पनि 

रमाउन सिकाएका छौ 

तिम्रा हरेक आदेशहरु 

समाउन सिकाएका छौ !!

त्यसैले त, 

मेरो भोको पेटमा 

बुट बजार्दै 

मेरो झुप्रो बस्तीमा 

डोजर चलाउछौ 

म चुपचाप सही दिन्छु 

धोकाहरुका अनगिन्ती 

चंगुल खडा गर्दिन्छौ 

म सजिलै पचाईदिन्छु 

अस्वासनका सुन्दर 

महल सजाइदिन्छौ 

कहिले बागमतिमा 

जहाज बगाईदिन्छौ 

कहिले काठामान्डौमा 

मेट्रो चढाई दिन्छौ 

कहिले म केबुलकारमा 

सगरमाथा पुग्छु 

कहिले सुरुङ्ग मार्गमा 

पूर्व पश्चिम घुम्छु !!


फेरी तिम्रो आदेश आउछ, 

चन्द्रगीरीमा कृष्ण सेनको 

आदर्शमा आगो लगाई 

पृथ्वीनारायणको 

सालिक ठडाउ,

म कृष्ण सेनलाई 

कारागारमा बन्दी बनाई 

चोकको सालिक ढाल्दा 

खाएको गोली छाम्दै 

फेरी  चन्द्रागिरीमा 

पृथ्वीनारायणको 

सालिक ठडाउछु !!


अबश्य एक दिन, 

मेरो सहनशीलताको 

बाध टुट्ने छ 

तिम्रा अस्वासनका 

चंगुलाहरुले भरिएको 

बेलुन फुट्ने छ 

तिम्रोलागी बगाएका 

थोपा थोपा रगत जोड्ने छु 

तिम्रा आदेशहरु 

तिमी माथी फर्काउदै 

साम्यवादी मार्ग कोर्ने छु !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा