२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी पनि ओइलिन्छ, फूल…

५ पुष २०७४, बुधबार १९:३०

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछ ?

जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृग नयनी आँखाहरु, हरिणको चालबाजीमा  चलमलाएका शरीरहरुमा जताततै चुसिरहुँजस्तो रस थियो । सलक्क मिलेको कालो केशले उनको मुहारलाई नै प्रष्ट चन्द्रमाजस्तै चम्किलो बनाएको थियो । 

उसले पनि उनलाई भेट्ने मौका पाएछ । उ धेरै धनी छ, उसले धेरै चर्चा पाइसकेको छ किनकी उ एसियाकै  तेस्रो धनी व्यक्ति हो । 

उनलाई भेटेपछि उसले धेरै रहरहरु उत्पन्न गरायो । उसको कल्पना अरुको भन्दा बेग्लै थियो किनकी त्यो कल्पना अबश्य पुरा हुन्छ, उसले सोच्दथ्यो । 

उसको उमेर ४० कटेको भएतापनि उसलाई यौन इच्छा छ । त्यसैको तृप्तिको लागि पनि उसले तिनै युवतीलाई अंगाल्न आँटेको छ । उसको क्षेणिक आनन्दमा लिप्त बन्नकै लागि उनीसंग नजिकिन पैसाले ठूलो भूमिका खेल्यो ।

सबैलाई चासोको विषय बनायो । आखिर ती युवतिले उसैसंग प्रेम पनि गरिन् रे । आखिर त्यो ४० वर्षको बुढोसंग १९ वर्षे सुन्दर युवती कसरी फसिछन् । सबै जादु उसको पैसाले गर्यो । यसै खवरले कति केटाहरु पेसा कमाउन जे पनि गर्न थाले । 

युवति र ति प्रौढ धनाड्यको प्रेम महिनौं चल्यो । ती युवती उसका ठाउँ-ठाउँका गहना बनी, अनि पलपलको तृप्ति पनि । 

केहि समयपछी… 

सहरमा ठूलो हल्ला चल्यो । ती युवतीको प्रेम टुट्यो रे… । तिनी भर्खर २० वर्षमात्र पुगेकी सलक्क मिलेको कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती कहाँ छिन् ? केटाहरुले सारा खोजेछन् । 

एकदिन अँधेरी रातमा…

एकदिन अँधेरी रातमा रत्नपार्कको कालो सडकमाथिबाट प्राकृतिक सवार गरिरहेको एउटा युवकले एउटा कुनामा सानो शिशु रोइरहेको आवाज सुन्यो । त्यति राति त्यो समय कसले त्यो बच्चालाई त्याहाँ राखेछ, उसमा शंका उपशंका उव्जियो अनि उतै गएर हेर्यो । त्यो शिशु अझै रोइरहेको थियो । त्यहाँ उसकी आमा समेत थिई । ऊ भुँइमै सुतेकी थिई, शरीरलाई कोल्टे बनाएर । त्यो शिशु उनको स्तनपान गर्दागर्दै पनि रोइरहेको थियो । 

उसलाई रत्नपार्कको रात्री कथा सबै थाहा छ किनकी उसले प्रायः दिन रत्नपार्क ओहोरदोहोर गरिरहेको हुन्छ । युवक फेरि आफ्नो बाटो लाग्यो । 

बच्चा केहिबेर शान्त भएर फेरि रुँन थाल्यो । युवकलाई अचम्मको रिस उठ्यो । अनि बच्चा नजिकै गएर ती युवतिलाई बिउँझाउने प्रयत्न गर्यो । उसले बोलाउन खोज्यो, त्यो विधि उसलाई उपयुक्त लागेन किनकी त्यो शिशु धेरै अगाडि देखि रोईरहेको थियो, चकमन्न रातमा धरहरानै थर्काउने गरेर । 

युवक नजिकै पुग्यो, शिशुको आमाको मुखमा लाईट बाल्यो । उ झसंङ्ग भयो, जिऊमा अदृष्य परिचित युवतिको चेहरा नाच्न थाल्यो । त्यो सडककी युवति त्यही थिई जसलाई उसले संसारकै राम्री भनेर उपमा दिएको थियो । 

उसले उनको सम्पूर्ण स्थिति नियाल्यो । पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ । 

जून फूललाई हजारौंले आफ्नो चुसेर भ्याइसकेका थिए, सन्तुष्टिको लागि । 

आज त्यही स्तनलाई त्यो रुँदै गरेको शिशुले तानिरहेको थियो, जीवनको लागि ।

उनको सम्पुर्ण शरीरहरुमा कुनै रंग थिएन, नत थियो यौवनरस । चन्द्रमा झैं टल्किने मूहार पनि उसले हेर्यो, अनि गुलावी ओठ, त्यो ओठ पहिलेको जस्तै थिएन । उनको ओठ निलो थियो । युवक टोलाईरह्यो । 

उसले मुटुलाई मस्तिस्कसम्म केन्द्रित  गर्यो । 

शंका । 

ती युवति मरिसकेकी रहिछ । 

अझैपनि त्यो शिशु उनको स्तनसंग बाच्नको लागि संघर्ष गरिरहेको थियो तर उसले आफुलाई जन्म दिने आमाबाट केहि पनि पाएन, बाच्नको लागि । 

शिशुको स्वर रोकियो । शिशु धेरै शान्त बन्यो के कारण ? वातावरण पनि शान्त बन्यो । 

टोलाईरहेको युवकलाई शान्त वातावरणले झस्कायो अनि तिनीहरु भएकै ठाँउमा पुग्यो । दुबैको नारी छाम्यो, शिशु रुन खोजिरहेको थियो तर सकिरहेको थिएन । उसकी आमा चार पाँच घण्टा अगाडि नै मरिसकेकी थिई । 

त्यो शिशुले एकोहोरो स्वास फेर्न छोड्यो । उसले हात फाल्यो । उसको मुखबाट जर्बजस्तै उसकी आमाको स्तनले समेत छुटकारा प्राप्त गर्यो । 

त्यति नै खेर रत्नपार्कबाट एउटा कालो कार दौडियो, हावालाई समेत चुनोती दिएर ।

- अनन्त अनिल (२०६७) उपन्यास: 'नयाँ संसार'बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत