२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सर्लाही - SLH

सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट

२०७४, २४ पुष सोमबार १२:०३

पुस २४, सर्लाही | सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुने भएको छ । सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको ढुकढुकी एफ.एम.का स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले जानकारि दिनुभयो । सर्लाहि जिल्लामा साहित्यमा रुचि राख्ने ब्यक्तिहरु धेरै भएता पनि उहाँहरुको रचनाको उचित सम्मान एवम प्रतिभाको कदर गर्ने थलो नभएकोले रेडियोकै पहलमा कायक्रमको सुरुवात गरिएको स्टेशन म्यानेजर बिश्वकर्माको भनाई छ ।

कार्यक्रममा सर्लाहि जिल्ला लगाएत आसपासका जिल्लाका साहित्य अनुरागीहरुको पनि सहभागीता हुने स्टेशन म्यानेजर बिश्वकर्माले जानकारि दिनुभयो । सर्लाहिमा सर्लाहि साहित्य समाज भएपनि साहित्यिक कार्यक्रम बिरलै हुने गरेको छ । कार्यक्रम ढुकढुकी एफ.एम.को प्रांगणमा मध्यान्ह १२ बजे हुने सर्लाहि साहित्य समाजकी अध्यक्ष मिना देवकोटाको भनाई छ । जिल्ला भित्र तथा बाहिर रहनुभएका सम्पुर्ण साहित्यमा रुचि राख्नुहुने महानुभावहरुलाई उक्त कार्यक्रममा उपस्थित भईदिन सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम.ले अनुरोध गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा