-तारादेवी सुनुवार
प्रिय!
तिमी छाै र म छु
साँझ,बिहान हरपल
एकान्त,भिडभाडमा ।
जुनदिन तिम्राे अागमन भयाे
त्याे दिन देखि कहिल्यै एक्लै बस्न दिएनाै
दु:खमा,सुखमा,हासाेमा राेदनमा !
तिमीसँग एक्लिदाकाे छटपटिबाट
बालापन,यूवापन ,बुढ्याैली
सबै प्रभावित छन
सप्रसंग ब्याख्या के गरू !
कति प्रिय छाै है
कहिल्यै ,काहीं टाढा हुदैनाै
घरमा,यात्रामा,सभामा सम्मेलनमा
यति सम्म कि
निन्द्रामै हात तिमीलाई स्पर्श गर्छ
अर्ध चेतमा तिम्रै लागि चेत खुल्छ ।
वरीपरी सबै हुदा पनि
काेहि संग मन खाेल्न दिदैनाै
टाढा टाढा सयर गराउछाै
संसार डुलाउछाै
फरक यति मात्रै
खुल्ला छाै
कस्ले कुन बाटाे तय गर्छ ।
हि्डदा,डुल्दा,खादा सुत्दा
सबै पल तिमीसँग टाढिएर
बस्ने कल्पना गर्ने अाँट छैन
प्रिय माेबाईल ।