१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

७ माघ २०७४, आईतवार ०९:१४

माघ ७, काठमाडौँ  ।  साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ । 

साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेपाली साहित्य’का बारेको परिचर्चा कार्यक्रममा समालोचक डा हरिप्रसाद सिलवालले साहित्य अनुत्पादक हो र फुर्सदको मनोविलास हो भन्ने यथास्थितिवादी मनोविज्ञानलाई विचारका माध्यमबाट हस्तक्षेप गर्दै वातावरण र व्यवहारसँग जोडेर साहित्य सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा बालकवि नम्रता श्रेष्ठ, देवकी केसी, सानु पहाडी, अनिता लामा, नर्मदेश्वरी सत्याल, नानीमैयाँ अधिकारी, प्रा डा खेम दाहाल, वैरागी जेठा, डा टङ्क उप्रेती, कात्यायन, चूडा निर्भीक, मुकुन्द न्यौपाने, रमेश पाल्पाली, डम्बर पहाडी, नवराज श्रेष्ठ, अभ्यस्त यात्री, तीर्थराज भट्ट, सागर थपलिया र रचना दाहालले कविता, गीत र गजल वाचन गर्नुभएको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । 

ती कवितामा पितृसत्ताको उत्पीडन तथा अन्धविश्वास र रुढिवादको विरोध, बेरोजगारीको समस्या, स्वस्थानीको कथाका माध्यमबाट छरिएको भ्रमको शालीन विरोध गरिएका भाव थिए । वाचित सिर्जनामाथि कवि धनकुमारी सुनारले कवितामा जीवनचेतना र सौन्दर्यचेतना हुनुपर्ने तथा यसले समाजका निमुखाको आवाज बोल्न सक्नुपर्ने बताउनुभयो । 

सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाले कुनै कालखण्डमा राम्रो विचार बोकेर सुन्दर सिर्जना गरे पनि व्यवहारको कसीमा प्रगतिवादी हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा ‘हरिप्रिया–हरिप्रसाद नियात्रा पुरस्कार’ का संस्थापक पोष चापागाईँ लगायतले मङ्सिर महिनाका लागि प्राज्ञ नर्मदेश्वरी सत्यालको नियात्रालाई पुरस्कार अर्पण गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार