२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

२०७४, १२ माघ शुक्रबार १०:२४

माघ १२, काठमाडौँ | आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । 

लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी गराइयो । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र जुम्लेली समाजले आयोजना गरेको पुस्तक लोकार्पण समारोहमा संस्कृतिविद् डा जगमान गुरुङले कर्णाली नेपालको सांस्कृतिक ढुकुटीका रुपमा रहेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्णालीकै स्थायीवासीले लेखेको पुस्तकका सूचना आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । प्रा डा सुरेन्द्र केसीले कर्णालीको यातायात संरचनामा वार्षिक सयौँ मानिस मर्ने गरेकोप्रति राज्य संयन्त्रको ध्यान जान नसकेको सुनाउनुभयो । 

कार्यक्रममा देउडा गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी, पत्रकार प्रेम कैदीलगायतले कर्णालीको संस्कृतिका विषयमा अझै पर्याप्त चर्चा हुन नसकेको गुनासो गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा