२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्यकार रमेश शुभेच्छु पुरस्कृत हुँदै

२०७४, २५ माघ बिहीबार ०६:००

माघ २५, काठमाडौं । पण्डित आनन्दमणि–टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौँले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गर्ने भएको छ । यो प्रतिष्ठान स्याङजा फापरथुमका शिक्षासेवी अग्रज पं.आनन्दमणि ढकाल र उहाँको परिवारका नाममा उहाँका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवार जनले कोष जुटाएर स्थापना गरिएको हो ।

प्रतिष्ठानले स्याङ्जा जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिक्षासेवका साथै प्रत्येक दुई वर्षमा एक विशिष्ट साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पाँचथरका साहित्यकार कवि एवम् समालोचक रमेश शुभेच्छु पुरस्कृत हुँदैछन् । शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनअधिक कृतिहरु प्रकाशित छन् । साहित्य सिर्जना समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारिता आदिमा सक्रिय शुभेच्छुलाई यो पुरस्कार पहिलोपटक स्याङ्जा जिल्लाभन्दा बाहिर प्रदान गरिन लागिएको जानकारी प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री त्रिलोचन ढकालले दिनुभयो । 

उहाँले भन्नुभयो  सुरुमा स्याङ्जाली स्रष्टालाई मात्र प्रदान गर्ने उद्देश्य रहे पनि  यस प्रतिष्ठानको राष्ट्रव्यापी विस्तारका लागि यस पुरस्कारलाई य पटक मेचीको पल्लोछेउ पाँचथर पुर्याएका छौँ  । ताम्रपत्र र नेपाली दोसल्लासहित रु दश हजार नगद राशि सहित यो पुरस्कार आगामी शनिबार माघ २७ गते राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्ष १ मा विशेष समारोहकाबीच प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतिका हातबाट प्रदान गरिने कुरा प्रतिष्ठानका अक्ष्यक्ष महेश्वर शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा