२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४ सम्पन्न

२०७४, ९ फाल्गुन बुधबार १२:३९

फागुन ९, काठमाडौँ | अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना गरेको छ। 

संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा कुल १२३ भाषा छन् । राज्यको संरक्षण नपाएको तथा स्थानीय जनजातिले पनि बेवास्ता गरेका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेको बताइएको छ । 

कार्यक्रममा नेपाल, मैथली, खस, दुमी, तामाङ, धिमाल गरी ३६ भाषाका ४४ कवि तथा कवयत्रीले कविता वाचन गरेका थिए । डेउडा, नेवारी, भोजपुरी, मैथली, धिमालजस्ता नृत्य पनि कार्यक्रममा देखाइएको थियो । 

सो अवसरमा भाषाशास्त्री प्रा डा नबलकिशोर राईले मुलुकमा रहेको विभिन्न भाषा र संस्कृति नेपालको सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई भावी सन्ततिसम्म जीवन्त राख्नका लागि राज्य र सम्बन्धित समुदायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

सो महोत्सवका संयोजक श्रवण मुकारुङले मातृ भाषा तथा साहित्यको विकासमा परापूर्वकालदेखि नै कवितालाई शक्तिशाली विधा मानिएको र कवितामार्फत नै भाषाको विकास तथा परिमार्जन हुँदै आजको स्थितिमा आइपुगेको छ भन्नुभयो । 

उहाँले विभिन्न भाषाका ४४ कविता महोत्सवका लागि छनोट भएको पनि जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाल प्रज्ञा–प्रतिष्ठानले देशमा रहेका विभिन्न मातृभाषाको संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल