२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जानकी साहित्य पुरस्कार सुव सेनलाई

२०७४, १२ चैत्र सोमबार ०७:१३

प्रेम सुनार/चैत्र १२, गुल्मी। किरण पुस्ताकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार”  साहित्यको क्षेत्रमा सुव सेनका नामले लेखन क्षेत्रमा लागेका बाँझकटेरीका र्सुर्यबहादुर सेनलाई  प्रदान गर्ने निर्णय गरेको छ ।  हिजो गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गदै यस वर्षको जानकारी साहित्य पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएका हुन्  । विगत लामो समयदेखि नेपाली भाषा,साहित्यका दीर्घसेवक,आख्यानकार,नियात्राकार,नाटककार एवं कवि सेनलाई प्रदान गर्न लागिएको किरण पुस्ताकालयका सचिव दिना पन्थीले जानकारी दिए ।   

सो पुरस्कार आगामी २०७५ सालको मोती जयन्तीका दिन प्रदान गरिने भएको छ  । साहित्यप्रति अत्यन्त रुचीँ राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्धारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्ने बताईएको छ । पत्रकार सम्मेलनको प्रमुख अतिथि समेत रहनुभएका नेपाली कंग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा पहिलो पटक यसरी जिल्लामा रही साहित्य तर्फ योगदान पु¥याउने स्रस्टाहरुको सम्मान गर्ने यो प्रयासले थप हौसला प्रदान गर्ने बताए । 

पत्रकार सम्मेलनमा ,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल,  स्वर्गिय जानकी ज्ञवालीका श्रीमान शङकरप्रसाद गौतम  लगायतको आतिथ्यता रहेको थियो । सो सम्मेलनको सञ्चालन गोपाल पन्थीले गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा