तोप पड्किएको आवाज गुञ्जाहट थियो,
विडम्बना
त्"/>
तोप पड्किएको आवाज गुञ्जाहट थियो,
विडम्बना
त्"/>
मनको रानीको प्रतीक्षा
रात ढल्किदै थियो,
म पनि मीठो सपनीको प्रतीक्षामा थिए ।
शुभ सपनीको स्वागतको लागि उनीलाई रातो कार्पेट विछ्याइएर
१९ तोप सलामीले मेरा सेना "उनको र मेरो" भेट गराउने तर्खरमा थिए।
तोप पड्किएको आवाज गुञ्जाहट थियो,
विडम्बना
त्यो तोपको आवाज नभई मौसमी आवाज थियो।
उकुसमुकुसले यताउता छट्पटीएको कालो बादल
र क्रूर बनेको आकाश निरन्तर आक्रमक शैलीमा गर्जिदै थियो।
मेरो मानसपटनमा अनेकौं शंका उपशंकामा,डरका तरंगहरु उब्जिए
र मेरी उनी मेरो सपनीबाट अन्यत्र सयर भैईसकेकी थिईन।
म भने उनलाइ फेरि पनि सपनीमा स्वागत गर्न आतुर थिए।
आकाश फेरि पनि ठुलै धम्कीका साथ खाउला कि जस्तो गरेर गर्जीएको थियो।
म पनि उठे र लामो स्वासका साथ दिमाग ठण्डा बनाउनी किसिमबाट पानी शरीर भित्र पठाए।
आज दुई आत्माको सम्झौताको लागि मन प्रशासनका सचिवहरु समेतको उपस्तिथिमा मायाको छुट्टै सम्बन्ध बढाउछु भन्ने सोच
तर घाती आकाश बाधक बनि क्षणभरमा तुहाईदियो।
म रिसाउदै आकाशलाई नगर्जीनको लागि पातलमा वार्ताका लागि डाक्ने सुरसारमा थिए।
निरन्तरको भुकाईबाट लखतरन आकाशको गर्जाहट बिस्तारै हराउदै थियो।
म पनि मेरो सपनीबाट फरार उनीलाइ केही भयो कि भन्ने चिन्ताले बिक्षिप्त मन बनाउदै,
मन्त्रीहरुलाई उनको र मेरो भेटको चाढो मिति तय गर्न आदेश दिदै,
चाढै भेटी सम्झौता गर्ने प्रतीक्षामा
मध्य रातको सुनसान समयमा निद्रातिर आफुलाई सयर गराउन प्रयासरत थिए।
आयुष भट्टराई,किर्तिपुर