आदिम सभ्याताको शुरुवात देखि
तिमीले देश बनायौ मैंले मान्दिए
तिमीले भगवान बनायौ मैंले मान्दिए
मन्दिर, मस्जित, चैत्य, गुम्वा
सबै तिमीले बनायौ
म मान्दै गएं ।
तिम्रो ईतिहासमा तिमीले तिमीलाई ईश्वर बनायौ
म भक्त बनेर तिमीलाई पुज्दै गएं
तिमी राजा बन्यौ म रैति बनें ,
तिमी मालिक बन्यौ , म दास बनें
तिमी सालिक बन्यौ म कलाकार बनें ।
एउटा लामो युग तिमी संग विताए पछि
तिमीले लेखेका ईतिहासमा,
केबल म तिमी तिमी तिमी मात्र पढ्दै छु ।
मैले आधि पेट खाएर तिम्रो ईतिहास जोगाएं,
मैलै आधि वस्र लाएर तिम्रो लाज ढकाएं
म सडकमा सुतेर तिम्रा महल बनाएं,
म यति लाचार भएं कि तिमीसंग ऋण लिएर
आज तिम्रो विजय उत्सव मनाएं ।
तिमीले धर्म बनायौ म अनुयायी बनें
तिमीले कानुन बनायौ म पालक भए,
तिम्रो न्यायलयमा तिमीले जित्दै गयौ
म तिमी संग हार्दै गएं ।
मैंले तिम्री आमाको प्राण जोगाउन
आफ्नि आमाको छातिमा गोली हान्दै गए,
मैलें तिमीलाई जोगाउन आफुलाई सहिद बनाएं
मैंले कर तिरे तिमीले लिदैं गयौ
म तिमीलाई पाल्दै गए तिमी पालिंदै गयौ ।
आज फेरि
तिमी बनाएको शासन ब्यबस्थाका सिमारेखाहरुमा
मैंले मेरो छोरोको रगत बगाएको छु
तिमीले दिएका परिवर्तनका नाराहरुमा
मेरि पत्निको सिन्धूर बगाएको छु
तिम्रो अस्तित्व जोगाउन मेरा भाईहरु
परदेशिहरुको गुलाम बनाएको छु ।
तर किन ?
आज म तिमी समान भईन,
तिम्रो दरवारमा मेरो झोपडिको चर्चा हुन्न,
तिमो ब्यन्जनमा मेरो भोक देखिन्न,
तिम्रो ईतिहसमा मेरो त्याग लेखिन्न,
तिम्रो सदनमा मेरो पिडा बोलिन्न ????
त्यसैले
अव म तिम्रो साम्राज्य बिरुद्ध धाव बोल्दै छु
तिम्रो दाशता विरुद्धको ज्वाला निकाल्नेछु
त्यतिखेर
म संग मजस्ता करोडौं हुनेछन् ।
जहाँ
तिमीले बनाएका सिमा रेखा तोडिनेछन्
तिमीले बनाएका पर्खालहरु भत्किनेछन्
तिम्रा मात्र हैन, सबैका झोपडि महल बन्नेछन्
तिम्रो शासनमा जस्तो
न कोहि भोक्को रहनेछन् न कोहि नाङ्गो रहनेछन् ।
बालकृष्ण लम्साल