सरकार नमस्कार !
मलाई चिनेनौ होला,
(म)२अभावको ,
एक हाहाकार !
(जम्मा)२ एक भोट
तिमी सरकार
म अन्धकार !!
(सरकार )२
तिम्रै भाइ हो
बालुवा बेच्ने,
खोला खुम्च्याउने
(त्यसैले त)२
हामी बाढीमा डुब्दै गर्दा
तिमी वरपर नै पर्न खोजेनौ
साच्चै महान छौ तिमी
सरकार नमस्कार !
(हिजो मैले)२
बोकिरहेको भारी फालेर
लेखिरहेको कलम छाडेर
(तिम्रै)२
उज्यालो सपना बोकि
(तप्प)२ पसिना चुहाउंदै
तिमिलाई काँधमा चढाएकै हो
अनि बनाएकै हो,
पुरै बेकार !
सरकार नमस्कार !
म जनता,
तिमी सरकार ,
मेरो खेतबारी
तिम्रो अधिकार
म सुकुम्बासी
तिमी जमिनदार
वा क्या छ,गणतन्त्र
सरकार ,नमस्कार !
बलराम रेग्मी