२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साहित्यकार सुबु सेन र उपाधी प्राप्त मुमुक्छु सम्मानित, को हुन सुबु सेन ?

२०७५, २४ भाद्र आईतवार १३:०४

प्रेम सुनार | भदौ २४, बुटवल | वरिष्ठ साहित्यकार सुबु  सेन र काठमाण्डौ स्थित पुस्ताकालयका प्रतिनिधी कृष्ण भण्डारी ‘मुमुक्छु’ आज गुल्मीमा सम्मानित भएका छन । ४५ वटा साहित्यीक पुस्तकहरु  प्रकाशित गरि सकेका र देश भक्तीपुर्ण झल्कीने अन्य कृतिहरु  समेत लेखेका सुबु सेनलाई जानकी ज्ञवाली गौतम साहित्यीक पुरस्कार–२०७५ ले सम्मान गरिएको हो ।


त्यस्तै  विद्यावराधी उपाधी प्राप्त गरेका मुमुक्छुलाई  मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घासको स्वर्ण महोत्सवको अवसरमा सम्मान गरेको हो ।  सम्मानित ति दुवै जना गुल्मीका हुन ।

को हुन सुबु सेन ?

साहित्यकार एवं किरण पुस्ताकालयका सचिव दीन पन्थीका अनुसार साहित्यकार सुवु सेन , नेपालको प्रशासनिक निकायमा सुर्यबहादुर सेन ओलीका  रुपमा परिचीत नाम हो ।  गुल्मी कै साविक बाँझकटेरी गाविसमा विक्रम सम्वत १९९६ साल कार्तिक ८ गते माता टिका देवि सेन र पिता घनबहादुर सेनको कोखबाट जन्मीएका हुन ।


२०३३ साल देखि उनि नेपालको राष्ट्र सेवक कर्मचारीमा प्रवेश गरेका थिए । त्यस अवधीमा उनि विभिन्न जिल्लाको सिडियो , सहायक अञ्चलाधिश र अञ्चलाधिश सम्मको भुमिकामा रहेका थिए । २०६५ सालमा तत्कालिन माओवादीको तर्फबाट संविधान सभाको सदस्य समेत रहेका थिए ।

स्रष्टा सेनका कृतिहरुको समिक्षा गर्दा उनि बहुमुखी प्रतिभाका धनी देखिन्छन । अहिले सम्म उनका ४५ वटा कृतिहरु प्रकाशित भएका छन । प्रकाशित कृतिहरु अख्यान, नियात्रा , काव्यकविता , नाटक , ईतिहास , खोज–अनुसन्धान, प्रबन्ध बिषयका छन ।

कृतिहरु लघु आकार देखि बृहतकार सम्मका छन । कलामा स्नाकोत्तर  र कानुनमा स्नातक सेन अहिले ८० बर्षको उमेरमा आई पुग्दा पनि अर्को कृति बजारमा ल्याएका छन । उनले आजै गुल्मीका बौद्धिक ब्यक्तित्व शशी पन्थीको हातबाट ‘राष्टमातालाई दण्डवत् सेवा’नामक पुस्तक विमोचन गराएका छन । 

उनि मृदुभाषी  र सरल स्वभावका राष्ट्र प्रेमी स्रष्टा हुन । उनलाई प्रदेश ५ , बिशेष अधिकार समितिका सभापति सांसद कमलराज श्रेष्ठले  नगद पुरस्कार, कदर पत्र सहित दोसाल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका बक्ताहरु  प्प्रर्शसा गरे जस्तो आफु त्यस्तो स्रष्टा नभएको भन्दै उनले महानता देखाएका थिए । तस्वीरमा सम्मानित हुँदै दुवै जना र सेनको पुस्तक विमोचन गर्दै शशी पन्थी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने