2026-07-11 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा एकैसाथ दुई कृतिको विमोचन

2018-11-07

कुश्मा, पर्वत । कार्तिक २१,
पर्वत साहित्य सङ्गम कुश्मा पर्वतको आयोजनामा ११० औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइनुका साथै दुईवटा साहित्यिक कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम कुश्मामा आयोजित एक भब्य कार्यक्रममा धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत जिल्लाका स्रष्टा सर्जकहरुले आ–आफ्ना रचना तथा मन्तव्यमार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा, साहित्य, समाज तथा संस्कृतिको उन्नयनमा पु¥याएको योगदानका बारेमा चर्चापरिचर्चा गरे ।

प्रमुख अथितिको रुपमा प्राज्ञ तथा अनुसन्धाता प्रेम छोटाले देवकोटा एक विलक्षण प्रतिभाका धनी भएकाले आफ्ना विविध विधाका सिर्जनामार्फत उनले नेपाली साहित्यलाई अतुलनीय गुन लगाएको बताए । अर्का अग्रगन्य साहित्यकार काजी रोशनले लक्ष्मीप्रसाद देवकोटा त्यसै महाकवि भएका होइनन् भन्ने प्रकाश पार्दै उनले देखाएको बाटोमा नेपाली साहित्य क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने कुरामा जोड दिए । शिक्षासेवी धनञ्जय अधिकारीले लक्ष्मीप्रसाद देवकोटा तिष्ण प्रतिभाले ओतप्रोत साधक हुँदाहुँदै पनि तत्कालीन सत्ताले उनको क्षमतालाई बुझ्न नसकेको बरु दुःख दिएको बताए ।

सोही कार्यक्रममा पर्वतका स्रष्टा इन्द्रकुमार विकल्पको मुक्तक सङ्ग्रह ‘मनका रङ्गहरु’ र सरोजराज पन्तको कविता सङ्ग्रह ‘समर्पण’ को विमोचन गरिएको थियो । पुस्तकको विमोचन गर्दै बरिष्ठ साहित्यकारद्वय प्रेम छोटा र काजी रोशनले पर्वत जिल्लाले सिङ्गो धौलागिरि क्षेत्रकै साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सर्जकहरु इन्द्रकुमार विकल्प र सरोजराज पन्तको साहित्यिक क्रियाशीलताको प्रशंसा गरेका थिए ।

कार्यक्रममा मुक्तक सङ्ग्रह ‘मनका रङ्गहरु’ को समीक्षा पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष तथा साहित्यकार इन्द्रमान खत्रीले कविता सङ्ग्रह ‘समर्पण’ को धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद पाण्डेयले गरेका थिए । विमोचित कृतिमाथि शिक्षासेवी धनञ्जय अधिकारी, बसन्तबहादुर सिके, सुभन्तनाथ सुवेदी, बरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, प्राध्यापक डा. दिनबहादुर थापा, प्राध्यापक विष्णुप्रसाद मैत्रय, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायल श्रीलगायतले टिप्पणी तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कृतिकारद्वय इन्द्रकुमार विकल्प र सरोजराज पन्तले आगामी दिनहरुमा आफूहरुबाट सिर्जित कृतिहरुको अध्ययन गरी आवश्यक पृष्ठपोषण तथा समीक्षा गरिदिनका लागि पाठकहरुलाई अनुरोध गरेका थिए । साहित्यकारहरु, नागरिक समाजका अगुवा, गैससकर्मी, कानून व्यवसायी, सञ्चारकर्मी तथा साहित्यानुरागीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा सहभागीहरुले परस्परमा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

यमप्रसाद पौडेल, घायल श्री, दिप पराजुली, शान्तिनारायण श्रेष्ठलगायतका सर्जकहरुले रचनावाचन गरेको उक्त लक्ष्मी जयन्ती तथा कृति विमोचन कार्यक्रम पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, आजीवन सदस्य अर्जुन निर्जन पौडेलको स्वागत मन्तव्य तथा आजीवन सदस्य खेमराज शर्मा चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट