2026-07-11 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता-सानो संसार

2018-12-30

 

–दीपेन्द्र सरकार

कुनै प्रलय नै आउने त छैन
न कुनै आँधी बेरी
न भोकमरी नै छाउने छ
आधा दिनमा अन्धकार बनेर
सायद बत्ती बाल्नु पनि पर्नेछैन
त्यो दिन चक्रपथ, चाबहिल पनि उस्तै हुनेछ
त्यही जाम, तेहि सकस
के थापाथली, के बल्खु
सबै सदाझैँ उस्तै उस्तै
त्यो दिन, पशुपतिनाथमा पनि
उहि धुनमा घन्ट बज्नेछ
साँझमा आरती उसरी नै उत्रनेछ
स्वयम्भु उस्तै शालिन, सुन्दर नै रहिरहनेछ
अनि जामे मस्जिद र घन्टाघरअघि माग्न बस्नेहरु
त्यस्तै, त्यसरी नै मागिरहकै हुनेछन्
किर्तिपुरका माइक्रोमा चड्नेहरुको
तानातान र तछाडमछाड
इन्द्रचोकको भिड
रत्नपार्कको चटक
सबै उस्तै अनि दुरुस्तै हुनेछ पहिलेझैँ
त्यो दिन पनि चितवनका माइक्रो छुट्नेछन्
र बुटवलका रात्रीबस चल्नेछन्
न कालीगण्डकी नै रोकिनेछ एकछिन
न त पन्चकोट छुट्टिनेछन्
न कुकुर भुक्न छाड्नेछन्
न चरा चिरविर गर्न छाड्नेछन्
हो,
त्यो दिन सायद नेपाल बन्द पनि हुनेछैन
कुनै आश्चर्य देखिने छैन त्यो दिन
जुन दिन तिमी
हातमा एकथान पासपोर्ट बोकेर
एउटा सुटकेस लतार्दै
रातो टीका र पहेलो खादामा सजिँदै
पछाडि फर्केर एकपटक हात हल्लाउदै
बोर्डिङतिर ओझेल पर्नेछौ
आफ्नो सपना बोकेर
हो साथी त्यस्तो केही हुनेछैन त्यो दिन
सधैँजस्तै दिन उज्यालो हुनेछ,
घाम झुल्कनेछ अनि अस्ताउने पनि छ
हावा बहनेछ आफ्नै बहाबमा
सांझमा बत्ती बलेकै हुनेछन्
उस्तै साधारण दिन हुनेछ
जुन दिन तिमी आफ्नो माटोलाइ विकल्पमा राख्दै
तेहि माटोमा शिर जुधाएर
सपनाको उडान भर्न
भर्‍याङ चड्दै हुनेछौ
त्यो दिन संसद चलेकै भए नि रोकिनेछैन
तर साथी,
त्यो दिन सबैको लागि उही हुनेछैन
घरको छेउपट्टीको कोठाको ढोकाको बुँधोमा
भोटे ताल्चा ठोकिनेछ
पिँडीको डिलमा ओछ्याउने त्यो गुन्द्री एक्लै हुनेछ
खोपा र टेबुलका छेउमा राखिएका किताबहरु बन्दी बन्नेछन्, धुलाम्मे बनेर लुप्त हुनेछन्
गिलासमा सजाइएका कलमहरु
मसी सुकेर रक्तविहीन नलीझैँ बन्नेछन्
जिन्दगी कोर्ने श्वेत कापीका पाना
बिस्तारै धमिलिदै जानेछन्
तिम्रा रोजाइमा परेर चिटिक्क सजिएर
बजारतिर झर्ने ती कोट र शर्ट
अनि जुत्ता बुट
मुसाको निम्ति जिन्दगी चडाइदिएका हुनेछन्
हुन त कुनै ठूलो मन्दी त आउनेछैन
जुन दिन तिमी
बागमती, विष्णुमती र बौद्धनाथ हेर्दै
बुढेसकालको तिर्थाटन सम्झेर
फर्कीआउने कसम खादै बादलमाथी पुग्नेछौ
साथी
तर सानासाना खुसीमा रमाउनेको लागि
त्यति ठूलो संसार विरक्त लाग्छ
वाक्क लाग्छ
नभैदिए हुन्थ्यो झै लाग्छ
किनकी,
त्यो दिनदेखि
भान्सामा एक मुठी चामल कम पाक्नेछ
त्यो स्टिलको थाल आलमाडीमा एक्लै बन्नेछ
कस्तो चर्को? घिरौलाको तरकारी?छ्या!
कति खुर्सानी हाल्न सकेकी?
यस्तै घुर्काइ सुन्न कुरेका कानहरु
कुर्दाकुर्दै टोलाएर झस्कनेछन्
खाना थपिदिन खस्रा हातमा सजिएको
चिल्लो पनिउँ, फुर्स्रो आशमा काम्नेछ
कति मोबाइलमै झुन्डिन्छस् ?
भन्ने गालीहरु
मनभित्रभित्रै गुम्सिएर तड्पिनेछन्
बालाइ गला पर्‍यो पानी ल्याइदे त?
भन्ने बोलीहरु
फेरी एकपटक झुक्किएर निस्कनेछन्
अनि स्तब्ध बनाइदिनेछन् साँझहरु
धाराबाट भान्सासम्म पानी ल्याइदे
गाई बाख्रा फोइदे
अनि बाको कमिज नि धोइदे
यी आदेशहरु तिमीजस्तै पलायन हुनेछन्
साझँबत्ती ढिला बल्नेछन्
भान्साकोठाको बुँधो ढिलो उघारिनेछ
अब त्यो डहरो र गोरेटोले
तिम्रो अत्तरको अड्कल पाउनेछैन
छिमेकीले रहर र शहरका गफमा गफिन पाउनेछैनन्
हुन त त्यो दिन कुनै विद्यालय बन्द हुनेछैन
न डाक्टरको हड्ताल
न त चक्काजाम
जुन दिन तिमी संसारको पल्लो छेउ पुग्नेछौ
तर,
हजार जून कटेकी बजैले
एउटा जूनबाट टाढिनुपर्नेछ
गोठको गाइले दाम्लोभित्रैबाट कराउनेछ
बोलाउनेछ, खोज्नेछ तर पाउनेछैन
चियाको चुस्कीसँगै उडाउन खोज्ने हितैषीहरु
आफ्नै आत्मा परदेशीएको महशुस गर्नेछन्
बाटो, पधेरो, चौतारो,
चोक, गल्ली, चियापसल
तिम्रो आउजाउ गर्ने समय सम्झिरहेका हुनेछन्
अनि सुन त,
शहरबाट घर जाँदा
आमालाइ हर्लिक्सका बट्टा अनि
बालाइ प्रेसर र सुगरको दबाइ कोसेली लिएर जाने
बेलामै औषधि खान सम्झाइदिने
'एकजना' अर्थात् तिम्रो
तिम्रो अभाव सधैँ खड्किरहनेछ ।

पर्वत |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ