२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

१९ माघ २०७५, शनिबार ०८:२५

माघ १९, काठमाडौँ | वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिनुभयो । उहाँले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न समेत डा सायमीलाई सुझाव दिनुभयो । “कस्ताकस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ” उहाँले भन्नुभयो । 

पुस्तक लेख्न अलि हतार भएको हो की भन्ने महसुस भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नै कहानीको नाममा अरुका कहानी पुस्तकले समेटेको उल्लेख गर्नुभयो । देशमा विभिन्न विषेशता बोकेका डाक्टर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुस्तकबारे भन्नुभयो, “तपाइँको पुस्तक राम्रो छ यो सानो प्वाल भएको आँखीझ्याल हो, थोरै पाटो समेटिएको छ, तर आत्मवृत्तान्त निर्मम हुनुपर्छ ।” 

अहिले धेरै काम गर्न बाँकी भएकाले डा सायमीले धेरै कुरा नखोतलेको बताउँदै प्रधानमन्त्री ओलीले जब मान्छेले कुनै सम्मान, मान प्रतिष्ठा खोज्न रहर गर्दैन त्यसपछि भने यथार्थ कुरा आउने बताउनुभयो । “अहिले तपाइँ सबै यथार्थ लेख्न सक्नुहुन्न, किनकी तपाइँलाई अझै केही गर्न मन छ, कोही रिसाउलान् कि भन्ने डर छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म पनि अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न सक्तिन, किनकी पार्टी चलाउनुपर्छ, प्रधानमन्त्री भएर देश चलाउनुपर्छ ।” उहाँले यथार्थ साहित्यिक कृति भनेको प्रस्तुतिको चमत्कार भएको उल्लेख गर्दै कृति लेख्दै जान डा सायमीलाई सुझाव दिनुभयो । 

डा सायमीले डाक्टरी उपचार गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो “पार्टी चलाउने उपचार प्रभावकारी छ कि छैन, मेरो मात्रै उपचार छ कि अरुको पनि उपचार छ, पुस्तक हेर्न बाँकी नै छ ।” डा सायमीले आफ्ना धेरै साथी बितेर गइसकेको प्रसङ्ग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले कुनै कारणले साथी बितेर गएकामा चिन्ता लिनुभन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै लेखक डा सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको बताउँदै आफ्नो ६१ वर्षे जीवनकालका अनुभवहरु समेटेको उल्लेख गर्नुभयो । पुस्तक भित्रको ‘मैले चिनेको केपी ओली’ शीर्षकको एउटा अङ्श सुनाउँदै भन्नुभयो, “दुई तिहाई सरकारलाई विपक्षले ढाल्न नसके पनि यो दुईतिहाईमा निराशा भएर विद्रोहमा उत्रियो भने नेपालमा नौ रेक्टरको भूकम्प आउँछ, त्यसकारण जनताको मन जित्ने काम गरेर देखाउन शुभकामना दिन्छु ।” 

डा सायमीको चिकित्सकीय योगदानबारे बोल्दै डा शशी शर्माले निडर स्वभावका कुशल प्रशासन, चिकित्सक, प्राध्यापक र अरुलाई हौसला दिने प्रेरणाको स्रोतका व्यक्तिको सङ्ज्ञा दिनुभयो । उहाँले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका संस्थापक अध्यक्ष, आफैँले मुटुरोगको ओपिडी शुरु गरेका व्यक्ति र ठूलो दिल भएको उदाहरणीय व्यक्ति भन्दै उहाँको योगदानको चर्चा गर्नुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उपचार गरेका डा सायमी साहित्यिक, सामाजिक, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा योगदान दिने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । 

कलाकार हरिहर शर्माले अहिलेसम्म डा सायमीका ११ वटा कृति प्रकाशित भइसकेको जानकारी दिँदै सारतत्व हेर्दा उहाँको लेख रचना र कृतिमा समाज रुपान्तरण गर्ने भावना जागृत भएको सरल भाषामा परिवर्तनका अवस्थालाई उतारेर चेतना दिने खालका विषय उल्लेख भएको बताउनुभयो । उहाँका छ वटा उपन्यास प्रकाशित छन् । अन्य लेख रचना र कविता सङ्ग्रह गरी चार वटा पुस्तक प्रकाशित भइसकेका छन् । आज सार्वजनिक भएको पुस्तक डा सायमीको आत्मकथा हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने