एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौ"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूले मन पराएकी शुन्दरी खोज्दै जाँदा…

२०७५, २ चैत्र शनिबार १७:२६

अनन्त अनिल

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् । 

जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु,हरिणको चालबाजीमा  चलमलाएका शरीरहरुमा जताततै चुसिरहुँजस्तो रस थियो । सलक्क मिलेको कालो केशले उनको मुहारलाई नै प्रष्ट चन्द्रमाजस्तै चम्किलो बनाएको थियो । 

उसले पनि उनलाई भेट्ने मौका पाएछ । उ धेरै घनी छ, उसले धेरै चर्चा पाइसकेको छ किनकी उ एसियाकै  तेस्रो धनी व्यक्ति हो । 

उनलाई भेटेपछि उसले धेरै रहरहरु उत्पन्न गरायो । उसको कल्पना अरुको भन्दा बेग्लै थियो किनकी त्यो कल्पना अबश्य पुरा हुन्छ, उसले सोच्दथ्यो । 

उसको उमेर ४० कटेको भएतापनि उसलाई यौन इच्छा छ । त्यसैको तृप्तिको लागि पनि उसले तिनै युवतीलाई अंगाल्न आँटेको छ । उसको क्षेणिक आनन्दमा लिप्त बन्नकै लागि उनीसंग नजिकिन पैसाले ठूलो भूमिका खेल्यो ।

सबैलाई चासोको विषय बनयो । आखिर ती युवतिले उसैसंग प्रेम पनि गरिन् रे । आखिर त्यो ४० वर्षको बुढोसंग १९ वर्षे सुन्दर युवती कसरी फसिछन् । सबै जादु उसको पैसाले गर्यो । यसै खवरले कति केटाहर पेसा कमाउन जे पनि गर्न थाले । 

युवतिको प्रेम महिनौं चल्यो । ती युवती उसका ठाउँ ठाउँका गहना बनी अनि पलपलको तृप्ति पनि । 

सहरमा ठूलो हल्ला चल्यो । ती युवतीको प्रेम टुट्यो रे । तिनी भर्खर २० वर्षमात्र पुगेकी सलक्क मिलेका कपाल, पुष्ट छाती, गुलावी ओठ, जताततै खेलाइरहुँजस्ती कहाँ छिन् ? केटाहरुले सारा खोजेछन् । 

एकदिन अँधेरी रातमा रत्नपार्कको कालो सडकमाथिबाट प्राकृतिक सवार गरिरहेको एउटा युवकले एउटा कुनामा सानो शिशु रोइरहेको आवाज सुन्यो । त्यति राति त्यो समय कसले त्यो बच्चालाई त्याहाँ राखेछ, उसमा शंका उपशंका उव्जियो अनि उतै गएर हेर्यो । त्यो शिशु अझै रोइरहेको थियो । त्यहाँ उसकी आमा समेत थिई । ऊ भुँइमै सुतेकी थिई, शरीरलाई कोल्टे बनाएर । त्यो शिशु उनको स्तनपान गर्दागर्दै पनि रोइरहेको थियो । 

उसलाई रत्नपार्कको रात्री कथा सबै थाहा छ किनकी उसले प्रायः दिन रत्नपार्क ओहोरदोहोर गरिरहेको हुन्छ । युवक फेरि आफ्नो बाटो लाग्यो । 

बच्चा केहिबेर शान्त भएर फेरि रुँन थाल्यो । युवकलाई अचम्मको रिस उठ्यो । अनि बच्चा नजिकै गएर ती युवतिलाई बिउँझाउने प्रयत्न गर्यो । उसले बोलाउन खोज्यो, त्यो विधि उसलाई उपयुक्त लागेन किनकी त्यो शिशु धेरै अगाडि देखि रोईरहेको थियो, चकमन्न रातमा धरहरानै थर्काउने गरेर । 

युवक नजिकै पुग्यो, शिशुको आमाको मुखमा लाईट बाल्यो । उ झसंङ्ग भयो, जिऊमा अदृष्य परिचित युवतिको चेहरा नाच्न थाल्यो । त्यो सडककी युवति त्यही थिई जसलाई उसले संसारकै राम्री भनेर उपमा दिएको थियो । 

उसले उनको सम्पूर्ण स्थिति नियाल्यो । पहिलेको पुष्ट छाती ओइलाईसकेको फूल जस्तै बनेछ । 

जून फूललाई हजारौंले चुसेर भ्याइसकेका थिए, सन्तुष्टिको लागि । 

आज त्यही स्तनलाई त्यो रुँदै गरेको शिशुले तानिरहेको थियो, जीवनको लागि ।।

उनको सम्पुर्ण शरीरहरुमा कुनै रंग थिएन, नत थियो यौवनरस । चन्द्रमा झैं टल्किने मूहार पनि उसले हेर्यो, अनि गुलावी ओठ, त्यो ओठ पहिलेको जस्तै थिएन । उनको ओठ निलो थियो । युवक टोलाईरह्यो । 

उसले मुटुलाई मस्तिस्कसम्म केन्द्रित  गर्यो । 

शंका । 

ती युवति मरिसकेकी रहिछ । 

अझैपनि त्यो शिशु उनको स्तनसंग बाच्नको लागि संघर्ष गरिरहेको थियो तर उसले आफुलाई जन्म दिने आमाबाट केहि पनि पाएन, बाच्नको लागि । 

शिशुको स्वर रोकियो । 

टोलाईरहेको युवकलाई शान्त वातावरणले झस्कायो । युवकले दुबैको नारी छाम्यो, शिशु रुन खोजिरहेको थियो तर सकिरहेको थिएन । युवकले थाहा पायो त्यो अघिसम्म आफ्नी आमाको छातीसँग बाच्ने संघर्ष गर्दै छटपटाइरहेको शिशु त केहि घण्टादेखिनै मरिसकेको शरीरसँग आफ्नो जीवनको लागि संघर्ष गर्दै पो रहेछ । 

मरेको मुढोसँग जीवन संघर्ष गर्दै गरेको त्यो शिशु पनि अबत मौन बस्यो ।

केहि बेर अघिसम्म उसले गरेको संघर्ष अब कायम रहेन । उसको हात-खुट्टा-छातीमा कुनै चाल उत्पन्न भएनन् ।

एक्कासी शिशुले हात र खुट्टा तन्कायो । तत्काल उनको दुई ओठले च्यापिएर रहेको उसकी आमाको स्तनको मुन्टोले समेत छुटकारा प्राप्त गर्यो । 

युवक एक्कासी चिच्यायो ! 'लौ न यहाँ दुई आमा-छोरा मृत अवस्थामा छन् ।' केहीबेरमा मानिसहरु त्यतै झुम्मिए । 

- उपन्यास नयाँ संसार (२०६७) बाट लिईएको एक अंश 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ