प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहि"/>

२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दुईवटा साहित्यिक कृति विमोचन

७ फाल्गुन २०७६, बुधबार ०८:०८

प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहित्य’ र साहित्यकार यम ढुङ्गाना केसीको ‘खिचडी’ हाइकूसङ्ग्रह विमोचित भएका हुन् ।

दुबै कृतिको विमोचन गर्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य बसन्तकुमार कर्माचार्यले नेपाली कला, भाषा र संस्कृति जर्गेनामा नेपाली साहित्य क्षेत्रले अतुलनीय योगदान पु¥याएको बताउँदै विमोचित कृतिले धवलागिरिको वाङ्मय फाँटमा नयाँ इट्टा थपेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि पर्वत साहित्य सङ्गमले सञ्चालन गर्ने साहित्यिक अभियानहरुमा आफूहरुको सक्रिय साथ र सहभागिता रहने प्रतिबद्धता जनाउनुभयो ।

आफ्नो कृतिको रचना गर्भका बारेमा बोल्दै कृतिकार सह–प्राध्यापक डा। षडानन्द पौड्यालले धवलागिरिका स्रष्टा सर्जकहरुले नेपाली बाङ्मयको सेवामा धेरै काम गरेको भएपनि राष्ट्रिय मूलधारमा सधैं पछाडि परिरहेको देखेर आफूले धेरै मेहेनत गरेर धवलागिरिको नेपाली साहित्यको बारेमा खोजअनुसन्धान गरी पुस्तक तयार गरेको बताउनुभयो । यसैगरी साहित्यकार यम ढुङ्गाना केसीले पनि नेपाली साहित्यका विविध विधामा कलम चलाउने अभ्यास गर्दागर्दै खिचडी हाइकुसङ्ग्रह तयार भएको बताउनुभयो ।

पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य क्षेत्रलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले आफ्नो संस्थाले यी दुई कृति प्रकाशन गर्ने जमर्को गरेको उल्लेख गर्नुभयो । पर्वत साहित्य सङ्गमले हालसम्म विभिन्न साहित्यकारका ३५ वटा कृति प्रकाशन गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सह–प्राध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेलले समग्र धौलागिरिको साहित्यिक वातावरणको समीक्षा गर्दै विमोचित कृति र कृतिकारका बारेमा संक्षिप्त टिप्पणी गर्नुभएको थियो । विमोचन कार्यक्रममा लक्ष्मीराज शर्मा पौडेल, शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, हिमबहादुर पौडेल क्षेत्री, ओमप्रसाद घायल, सुन्दरप्रसाद जोशी, कुलप्रसाद उपाध्याय, अर्जुन निर्जन पौडेल, सरस्वती शर्मा जिज्ञासु, प्रेम शुशिल गौतम, राजेन्द्र रोका, मिना गुरुङ, सीता पौडेल, गीता अधिकारी, दीपसागर पौडेल, लिलाधर तिवारी, महेन्द्र केसीसहित पर्वतका थुप्रै साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कृति विमोचन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिआर शर्मा र सञ्चालन सह–सचिव गोकुलप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा