प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहि"/>

2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दुईवटा साहित्यिक कृति विमोचन

प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् ।

पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहित्य’ र साहित्यकार यम ढुङ्गाना केसीको ‘खिचडी’ हाइकूसङ्ग्रह विमोचित भएका हुन् ।

दुबै कृतिको विमोचन गर्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य बसन्तकुमार कर्माचार्यले नेपाली कला, भाषा र संस्कृति जर्गेनामा नेपाली साहित्य क्षेत्रले अतुलनीय योगदान पु¥याएको बताउँदै विमोचित कृतिले धवलागिरिको वाङ्मय फाँटमा नयाँ इट्टा थपेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि पर्वत साहित्य सङ्गमले सञ्चालन गर्ने साहित्यिक अभियानहरुमा आफूहरुको सक्रिय साथ र सहभागिता रहने प्रतिबद्धता जनाउनुभयो ।

आफ्नो कृतिको रचना गर्भका बारेमा बोल्दै कृतिकार सह–प्राध्यापक डा। षडानन्द पौड्यालले धवलागिरिका स्रष्टा सर्जकहरुले नेपाली बाङ्मयको सेवामा धेरै काम गरेको भएपनि राष्ट्रिय मूलधारमा सधैं पछाडि परिरहेको देखेर आफूले धेरै मेहेनत गरेर धवलागिरिको नेपाली साहित्यको बारेमा खोजअनुसन्धान गरी पुस्तक तयार गरेको बताउनुभयो । यसैगरी साहित्यकार यम ढुङ्गाना केसीले पनि नेपाली साहित्यका विविध विधामा कलम चलाउने अभ्यास गर्दागर्दै खिचडी हाइकुसङ्ग्रह तयार भएको बताउनुभयो ।

पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य क्षेत्रलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले आफ्नो संस्थाले यी दुई कृति प्रकाशन गर्ने जमर्को गरेको उल्लेख गर्नुभयो । पर्वत साहित्य सङ्गमले हालसम्म विभिन्न साहित्यकारका ३५ वटा कृति प्रकाशन गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सह–प्राध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेलले समग्र धौलागिरिको साहित्यिक वातावरणको समीक्षा गर्दै विमोचित कृति र कृतिकारका बारेमा संक्षिप्त टिप्पणी गर्नुभएको थियो । विमोचन कार्यक्रममा लक्ष्मीराज शर्मा पौडेल, शान्तिनारायण श्रेष्ठ, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, हिमबहादुर पौडेल क्षेत्री, ओमप्रसाद घायल, सुन्दरप्रसाद जोशी, कुलप्रसाद उपाध्याय, अर्जुन निर्जन पौडेल, सरस्वती शर्मा जिज्ञासु, प्रेम शुशिल गौतम, राजेन्द्र रोका, मिना गुरुङ, सीता पौडेल, गीता अधिकारी, दीपसागर पौडेल, लिलाधर तिवारी, महेन्द्र केसीसहित पर्वतका थुप्रै साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कृति विमोचन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिआर शर्मा र सञ्चालन सह–सचिव गोकुलप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले