प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न"/>
१ माघ २०८२, बुधबार
तेह्रथुम - TRT

आज १५१ औँ मोति जयन्ती, तेह्रथुममा जिल्ला स्तरीय गजल प्रतियोगिता हुँदै

१६ भाद्र २०७३, बिहीबार ०५:०८

प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो अवसरमा नेपालसँगै विदेशमा रहेका नेपाली भाषी गजलकार र गजलप्रेमीहरुले समेत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । 

तेह्रथुममा पनि साहित्य प्रतिष्ठानले जिल्ला स्तरीय गजल प्रतियोगितासँगै भट्टको स्मृतिमा विशेष कार्यक्रमको आयोजना गरको छ । गजल प्रतियोगितामा जिल्लाका २० जना गजलकारहरुले गजल बाचन गर्नेछन् भने भट्टलाई स्मरण गर्दै अन्य चर्चित गजलकार र साहित्यकारहरुले सृजना वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक कट्टेलले जानकारी दिनुभयो ।

नेपाली गजल साहित्यका प्रणेता भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका भट्टले कथा, नाटक र निबन्ध समेतको रचना गर्नुभएको थियो । 

तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव